कोरोनाबाट बचाउँछ भन्दै चर्चले नुनपानी छर्केपछि ४६ जनामा संक्रमण

0
Shares

एजेन्सी ।

पछिल्लो समय कोरोना भाइरसको महामारी चलिरहँदा विश्वभर झुठा सूचना र दाबी फैलिरहेका छन्।दक्षिण कोरियामा यस्तै एउटा झुठो दाबीले मानिसहरुको ज्यान लिएको छ।

दक्षिण कोरियाको एउटा चर्चले नुनपानी खुवाउँदा र छर्किंदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्दै मानिसहरुलाई नुनपानी छर्किएको थियो।

तर, एउटै बोटलबाट सबैलाई नुनपानी खुवाउँदा र छर्किंदा ४६ जनामा भाइरस फैलिएको खुलासा भएको छ।राजधानी सोलको दक्षिणमा रहेको गुन्जी प्रान्तस्थित एक चर्चमा सो घटना भएको थियो। चर्चका अधिकारीहरुले स्प्रे बोटल पालैपालो मानिसहरुको मुखमा छिराएर नुनपानी खुवाएका थिए।

मार्च १ देखि ८ सयम्म करिब एक सय जना धर्मावलम्बीलाई उनीहरुले यसरी पानी छर्किएका थिए।संक्रमित हुनेमा पास्टर र उनकी पत्नी पनि छन्।

अहिले सरकारले चर्च बन्द गराएको छ र त्यहाँ जाने सबैको परीक्षण गरिएको छ।सोमबार दक्षिण कोरियामा ७४ नयाँ संक्रमित फेला परेका छन्। हालसम्म संक्रमितको संख्या ८ हजार ३ सय ३६ पुगेको छ। एजेन्सी