मुन्द्रेको कमेडी क्लबबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै राम्रो छ। सबै जनाले पोजेटिभ लिनुभएको छ। विशेष गरी नेपाल टेलिभिजनबाट प्रसारण हुने भएकाले यसको भ्युज एकदमै धेरै छ। दूरदराजका दर्शकले पनि हेर्नुहुन्छ। नेपालमा नेपाली कलाकार र परिवेशमा यस्तो कार्यक्रम बन्नु राम्रो हो। यस्तो खालको कार्यक्रम नेपालमा थिएन, अहिले हेर्न पायौं भन्ने प्रतिक्रिया छ। बीचमा केही आलोचना पनि भएका थिए। तर, अहिले भने त्यस्तो छैन, दर्शकले सकरात्मकरूपमा लिएर मनोरञ्जन लिइरहनुभएको छ।
सगरमाथामा त पुग्छु कि पुग्दिनँ, तर हिमाल चढ्ने प्रयासचाहिँ गरिरहन्छु। हिमाल चढ्न नसके पनि बेस क्याम्पसम्म पुग्छु भनेर काम गर्नुपर्छ। तर, सगरमाथा पुगेपछि म त्यहीं बसिरहन्छु भन्ने सोच राख्नु हुँदैन।
हाम्रो आफ्नै हल नभएका कारण हल भाडामा लिएर काम गरिरहेका छौं। भाडामा लिएको हलमा एकैदिन २÷३ भागसम्म सुटिङ गनुपर्ने भएकाले केही अप्ठेरा छन्। जस्तै एउटा अतिथिसँग कसरी कुरा गर्ने? अर्को एपिसोडका लागि कसरी प्रस्तुत गर्ने जस्ता कुराको तयारी गर्नुपर्छ। जसका लागि अत्यन्त व्यस्त भइन्छ। जसले गर्दा केही प्रेसर भने अवश्य छ।
त्यो ठीक हो। तर, नेपाल टेलिभिजन सरकारी मिडिया हो, जहाँ त्यहाँका कर्मचारीले यो कार्यक्रम प्रसारणयोग्य छ भनेर साइन गरेर मात्र प्रसारण गर्न मिल्छ। हामीले टेलिभिजनमा जे प्रसारण भयो, त्यही युट्युबमा पनि राख्छौं। तर, डबल मिनिङका शब्द छँदै छैन भन्दिनँ, पाच्य हुने खालका शब्दमात्र प्रयोग गर्छौं। कमेडीमा यस्ता कुराहरू अलिअलि त भइहाल्छन्। तर पनि यो पारिवारिक शो भएकाले शब्द चयन केही मिलाउनुस् है भन्ने सुझाव आएकाले यस्ता शब्द पछिल्लो सयम प्रयोग गरिएको छैन। अहिले त यस्तो शब्द घटाएर झन्ु जिरो नै छ।
म बढी स्टेज कार्यक्रम गर्ने भएका कारण मलाई स्टेज कार्यक्रम नै सहजरूपमा रमाइलोसँग सञ्चालन गर्न सक्छु भन्ने लाग्छ। स्टेज कार्यक्रम आफ्नै हातमा हुन्छ। मैले राम्रो गर्न सके मलाई नै राम्रो हुन्छ, नराम्रो गरे म नै फ्लप हुन्छु। त्यहाँ प्रयोग गर्ने समग्री म आफैंले जुटाएको हुन्छु र राम्रो नराम्रोको मूल्यांकन म आफैं गर्छुु। फिल्म भनेको टिममा गरिने काम हो। जुन राम्रो बन्नका लागि मैले मात्र राम्रो गरेर हुँदैन। डाइरेक्टर तथा अन्य कलाकारले पनि राम्रो गरे राम्रो फिल्म बन्छ। फिमचाहिँ समूहगत काम हो।
सबैभन्दा पहिला म एकदमै अनेस्ट छु, सहज पनि छु, सरल पनि छु। आजसम्म ममा कुनै अहम् पनि पलाएको छैन। म हिजो जस्तो थिएँ, आज पनि त्यस्तै छु। कार्यक्रम गर्ने आयोजक होस् या फिल्म बनाउने निर्माता होस्, मैले सबै मान्छेको दुःख बुझेको छु। किनभने म पनि दुःख गरेरै आएको मान्छे हुँ। म यस्तो मान्छु भनेर अफवाह फैलाएर समाजिक सञ्जालमा भाइरल हुनु पनि छैन। म अफ्नो कामप्रति बफादार छु। म आफ्नै गतिमा अगाडि बढ्छु र सबैभन्दा ठूलो कुरा पेसाप्रतिको सम्मान र इमानदारिता छ।
एकदमै व्यस्तता छ। ८/१० वर्ष भयो मलाई शनिबार भनेको थाहा छैन। कति वर्ष दशैं मनाइएन, चाडपर्व भनिएन। दुःख पनि धेरै पाइयो। अरूलाई हसाए पनि आफू कति रोइयो, रातबिरात भनिएन। समय काल र परिस्थतिका कारणले गर्दा नेपाली कलाकारले एउटै काम गरेर बाँच्न सकिने अवस्था पनि छैन। यस कारण पनि चाडवाड नभनी देश–विदेशका कार्यक्रममा हिँडिन्छ।
यो स्थानसम्म आइपुग्छु भन्ने सोच्नु भएको थियो ?
थिइनँ। त्यो बेला टेलिभिजन नै एउटा मात्र थियो। सिरियल तथा फिल्म कमै बन्थे। दिनभरि सुटिङस्थलमा धाएर कलाकारिता गर्ने रहर पूरा गरिन्थ्यो भने गुजाराका लागि राति अन्य काम गरिन्थ्यो। कार्यक्रम कम हुन्थे तर अभिनय गर्न चाहने मान्छे धेरै हुन्थे। अवसर पाउन पनि गाह्रो हुन्थ्यो। शुरूमा आज भोलिका कुरा, ट्वाक्क टुक्क जस्ता कार्यक्रममा अभिनय गर्दा राति गार्मेन्टमा काम गर्थें दिउँसो अभिनय गर्थें। यसै क्रममा तरकारी पसल पनि खोलियो। यसरी नै अघि बढ्दै गर्दा दर्शक तथा शुभचिन्तकको मायाका कारण नै यो स्थानसम्म आइपुगेको हुँ।
कला क्षेत्रमा टिकिरहनका लागि कस्ता कुरामा ध्यान दिनुपर्छ ?
तपाईं हावामा रमाउनु भएन र तपाईंले जहिले पनि प्रशंसा मात्र सुन्न पाउनुपर्छ भन्ने सोच राख्नु हुँदैन। कहिलेकाहीं आलोचना पनि खेप्नुपर्छ। जहिले पनि म नै नम्बर वान हुन्छु भन्ने सोच पनि कहिल्यै राख्नु हँुदैन। म सगरमाथामा त पुग्छु कि पुग्दिनँ, तर हिमाल चढ्ने प्रयासचाहिँ गरिरहन्छु। हिमाल चढ्न नसके पनि बेस क्याम्पसम्म पुग्छु भनेर काम गर्नुपर्छ। तर, सगरमाथा पुगेपछि म त्यहीं बसिरहन्छु भन्ने सोच राख्नु हुँदैन। त्यसो गरे कुनै पनि क्षेत्रमा टिक्न सकिन्छ।
अहिले क्वालिटीभन्दा कार्यक्रमको क्वान्टिटी बढी भयो। पहिले कार्यक्रम पनि कम थियो, अहिले कसले कमेडी गर्या हो कसले कमेडी गर्या होइन छुट्याउनै गाह्रो भएको छ। कसैलाई कसैको मतलव नै छैन, आ–आफू काम गरेर मख्ख पर्ने मात्र हो।
यसबारेमा केही समयअघि कुरा आएका थिए। छक्का पञ्जाकै सिरिज मैले निर्देशन गर्ने कि भन्ने कुरा हाम्रो समूहमा आएको पनि थियो। तर, आधा घन्टाको टेलिफिल्म र ठूलो पर्दाको फिल्म निर्देशन गर्नुमा निकै ठूलो अन्तर छ। फिल्म भनेको डेढ करोडभन्दा कममा आँट्न सकिँदैन, अझ २ करोड नै लाग्छ। मैले कसैको २ करोडको फिल्म निर्देशनको जिम्मा लिएँ भने कमसेकम लगानी पनि उठाउन सक्ने र मान्छेले आहा! भन्ने हिसाबले काम गर्न सक्नुपर्छ। त्यस कारण फिल्म निर्देशन गरिहाल्ने सोच छैन, जु्न दिन मलाई कन्फिडेन्स आउँछ, त्यही दिन यसबारेमा सोच्नेछु।
प्रतिक्रिया