प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि खाने औषधी निःशुल्क गरिदिनुपर्यो !



विश्व मिर्गौला दिवसले नेपालमा मिर्गौला रोगीहरूलाई दिएको सुविधा र विदेशको मुख ताकेर अर्बौं रुपियाँ बिदेसिने नेपालीको धनलाई नेपालमै रोकेर बिरामीलाई समेत नेपाल सरकारले सक्दो सुविधा दिने वातावरण बनाउन मद्दत गरेको छ। यति मात्र नभई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला दिवसकै सन्दर्भ पारेर दोस्रोपटक गर्नुभएको प्रत्यारोपणको सफलताले नेपालका चिकित्सकको उचाइ बढ्नुका साथै थप जिम्मेवार बनाएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा नेफ्रोलोजिस्ट डा. ऋषिकुमार काफ्लेले नेपाल समाचारपत्रका कपिल काफ्ले र भगवती तिमल्सिनासँगको अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। प्रस्तुत छ, विश्व मिर्गौला दिवसका दिन सुमेरु अस्पतालस्थित उहाँकै कार्यकक्षमा गरिएको कुराकानी ः
विश्व मिर्गौला दिवस किन र कहिलेदेखि मनाउँदै छौंं ?

मानव शरीरका लागि मिर्गौला दिवस कति महत्वपूर्ण छ भन्ने जानकारी दिलाउनु यस दिवसको उद्देश्य हो। सुविधा सम्पन्न देशहरूले पनि उपचारको सबै सुविधा व्यवस्था गर्दा पनि बिरामीहरू लक्षण नदेखिउन्जेल उपचार गर्न आएनन् र मिर्गौला बिग्रिसकेपछि उपचारमा आउँदा ढिलो भयो। विश्व समुदायले रोगको लक्षण नदेखिँदासम्म निःशुल्क जाँच गर भन्दा पनि टेरेनन् भन्ने टड्कारो अनुभव गर्यो। सन् २००६ मा विश्वका मिर्गौला रोगका विशेषज्ञहरूको छाता संगठन इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजी र इन्टरनेसल फेडरेसन अफ किड्नी फाउन्डेसनलगायत किड्नीका क्षेत्रमा काम गरेर विभिन्न संघ–संस्थाले चेतना जगाउनुको विकल्प रहेन।

यसपछि सरकारलाई उचित उपचारको व्यवस्था गर्नुभएको छ भन्ने प्रश्न शुरू भयो र उचित व्यवस्था गर्नुभएको छैन भने व्यवस्था गर्नुस् भन्यो। अर्कोतर्फ चिकित्सकहरूलाई पनि प्रश्न गर्यो– के तपाईंले मिर्गौला रोगीलाई उचित अवस्थामा उपचारमा पठाउनुभयो कि अन्तिम अवस्थामा पठाउनुभयो भनेर सोधियो।

यसले मिर्गौला बिरामी शुरुआतमा अरू–अरू विशेषज्ञकोमा देखाउने र अन्तिम अवस्थामा मात्र डाइलोसिस गर्न पठाउने भयो। त्यो प्रक्रिया गलत देखिएकाले शुरुआतमै विशेषज्ञकोमा पठाउनुपर्यो। तेस्रो कुरा आम नागरिकलाई तपाईंहरू वर्षमा एकपटक ब्लडमा क्रियाटिनी र पिसाबमा एलबन जाँचेर आफ्नो मिर्गौला ठीक भए/नभएको पहिचान गरेर मात्र ठीक–बेठीक छुट्याउन ध्यानाकर्षण गरायो। रोग लागेपछि हैन रोग नै लाग्न नदिनका लागि रोकथाममा जोड दिन यस दिवसले जोड दिएको छ। रोग लागेपछि उपचार गर्न विकसित मुलुकलाई त गाह्रो छ, अर्बौं रुपियाँ खर्च गर्नु राम्रो होइन रोकथाममा जोड दिऊँ भन्ने नै हो।

विश्व मिर्गौला दिवस मनाउन थालेपछि नेपालमा मिडियाले गरेको अन्तर्वार्ता र समाचार सम्प्रेषणले सम्बन्धित चिकित्सकहरूले यसम्बन्धमा खेलेको भूमिका जनतासम्म पुर्याउन सघायो, जागृत बनायो। अर्कोतर्फ सरकारले सुविधा दिँदै गयो। पहिलाको अवस्थामा डाइलोसिस गर्नकै लागि घरखेत बेचिएका छन्। आज डायलासिसकै लागि घरखेत बेच्नुपर्ने अवस्था छैन। घरपायक डायलासिस सेन्टर नहुँदा बसाइँ सर्नुपर्ने अवस्था भने छ।
दिवस मनाउन थालेपछिको परिणाम सकारात्मक छ त ? 

सन् २००६ मा मिर्गौला दिवस मनाउन थालेपछि सन् २००८ मा नेपालको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरू भयो। यसपछि वीर अस्पतालमा शुरू भयो। अहिले देशका सातवटा अस्पतालले प्रत्यारोपण गरेका छन् भने आठवटाले स्वीकृति पाएका छन्। सन् २००९ बाट नेपाल सरकारले ज्येष्ट नागरिकको डायलोसिस राष्ट्रिय मिर्गौला उपचार केन्द्रबाट निःशुल्क गर्ने व्यवस्था गर्यो। त्यसै गरी सन् २०१० मा एचबीएसीबीआई एचआईभी संक्रमित, हेपाटाइटिस, बी र सी भएका बिरामीको उपचार पनि निःशुल्क उपचार केन्द्रमा गर्ने निर्णय भयो।

सन् २०१२ देखि विपन्न नागरिकलाई ५० हजार रुपियाँ बराबरको डाइलोसिस निःशुल्क गरिन शुरू भयो। दोस्रो वर्षमा १ लाख र त्यसपछि एक वर्षसम्म निःशुल्क हुँदै दुई वर्ष भयो। त्यसपछि मिर्गौला प्रत्यारोपणसम्म र अहिले भनियो आजीवन निःशुल्क सेवा दिने। विश्व मिर्गौला दिवस मनाउन थालेपछि नेपालमा मिडियाले गरेको अन्तर्वार्ता र समाचार सम्प्रेषणले सम्बन्धित चिकित्सकहरूले यसम्बन्धमा खेलेको भूमिका जनतासम्म पुर्याउन सघायो, जागृत बनायो।

अर्कोतर्फ सरकारले सुविधा दिँदै गयो। पहिलाको अवस्थामा डाइलोसिस गर्नकै लागि घरखेत बेचिएका छन्। आज डायलासिसकै लागि घरखेत बेच्नुपर्ने अवस्था छैन। घरपायक डायलासिस सेन्टर नहुँदा बसाइँ सर्नुपर्ने अवस्था भने छ। नेपालले पनि सन् २००६ बाट नै मिर्गौला दिवस मनाउन थालेको हो ।

विश्व मिर्गौला दिवस मनाउन थालेपछि नेपालमा मिडियाले गरेको अन्तर्वार्ता र समाचार सम्प्रेषणले सम्बन्धित चिकित्सकहरूले यसम्बन्धमा खेलेको भूमिका जनतासम्म पुर्याउन सघायो, जागृत बनायो। अर्कोतर्फ सरकारले सुविधा दिँदै गयो। पहिलाको अवस्थामा डाइलोसिस गर्नकै लागि घरखेत बेचिएका छन्। आज डायलासिसकै लागि घरखेत बेच्नुपर्ने अवस्था छैन। घरपायक डायलासिस सेन्टर नहुँदा बसाइँ सर्नुपर्ने अवस्था भने छ।
तपाईं स्वयंले मिर्गौला दिवस मनाउन र जनचेतना बढाउन कस्तो भूमिका खेल्नुभयो ?

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले सन् २००६ देखि नै काठमाडौंको नारायणचौरलगायत विभिन्न स्थानमा निःशुल्क मिर्गौला परीक्षण शिविर गर्न शुरू गर्यौं। यो सन्देश विभिन्न सञ्चारमाध्यमबाट जनमानसमा पुग्यो। त्यसपछि बिरामी स्वतःस्फूर्तरूपमा परीक्षणमा ओइरो लागे। यसपछि ठाउँ–ठाउँमा निःशुल्क मिर्गौला परीक्षण शिविर चलाउँदै गर्ने, विश्व मिर्गौला दिवस मनाउँदै गर्ने गरियो।

यसपटक मात्र हो कोरोना भाइरसको त्रासले गर्दा सरकारले मान्छे भेला नगर भनेकाले शिविर चलाउन पाइएन। कुनै न कुनै हिसाबले लागि रहेका छौं र मिडियाले पनि कुनै न कुनै विशेषज्ञलाई समातेर यस विषयमा लेखिरहने भएका कारण चेतनाको स्तर बढेको छ। तर, अझै चेतना पुगेको छैन, परीक्षणमा आउनेको संख्या हुनुपर्ने जति छैन।

सचेत नागरिकले पनि वर्षमा एकपटक परीक्षण गरेको अवस्था छैन र कुनै खोज पनि पाइन्न, कसरी न्यूनीकरण गर्ने त ? 

हाम्रोमा खोजको विषय भनेको भ्याक्सिनेसनमा मात्र केन्द्रित छ। अमेरिका जस्तो मुलुकमा ४० प्रतिशतलाई मिर्गौलाको भूमिकाका बारेमा जानकारी नै छैन भने हाम्रो देशमा के होला ? मिर्गौला दिवस मनाउन थालेको १५ वर्ष भयो। मान्छे जन्मँदा मिर्गौला रोगी हुन्न, पछि किन हुन्छ भन्दा खानपान नै हो। धूलोको माइक्रो पार्टीकुलर रगतमा बसेर मिर्गौला बिगार्छ। चुरोटखैनी खानेले पुरुषार्थ पनि गर्न सक्दैन र निरोगी हुन पनि सक्दैन तर चुरोटप्रति मान्छेको आकर्षण किन ? हामीले खाइरहेका खानाले बिगार्यो।

विश्वले नेपालको परम्परागत खानपान अपनाउँदै छ। ब्रेकफास्ट नखाऊँ, आठ घन्टाको अन्तरमा खाऊँ, बीचको १६ घन्टा नखाऊ भन्दै छन्, हामी बिहानदेखि मध्यरातसम्म होटल रेस्टुरेन्टको मसलेदार खानामा मस्त छौं र मिर्गौला बिगार्दै छौं। जचाउने कुरा त रोग लागेपछि मात्र भएको छ। जेपायो त्यही खाने, पानी नखाने, नहिँड्ने गर्नाले मिर्गौला बिग्रियो। हिँड्न छोडेपछि अस्वस्थता बढेको हो।

होलबडी चेकअपमा मिर्गौलाको जाँच हुन्छ कि हुन्न ?

जाँच हुन्छ तर मिर्गौला पनि जाँचियो भन्ने जानकारी गराइन्न। होलबडी चेकअप गराउनेले रोग देखिएन भने बेर्थै खर्च भयो भन्छन्, के परीक्षण गराउन जानेले रोग खोजेको हो र ? म कति स्वस्थ छु भनेर जाँच गराउने हो नि।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला कसरी बिग्रिएको पाउनुभयो ?

प्रत्यारोपण गरेको मृर्गौला एक समय मर्छ। उहाँको मिर्गौला १२ वर्ष चल्नु राम्रो कुरा हो। उहाँको दौडधुपका बाबजुद पनि मिर्गौलाले काम गर्यो। विदेशमा प्रत्यारोपण, बैंकक, सिंगापुर विश्वका सम्पन्न अस्पतालमा उपचारमा पोख्त प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालको मृर्गौला प्रत्यारोपण विधि विश्वको भन्दा राम्रो भएकै कारण उहाँले नेपाललाई रोज्नुभयो। उहाँ विदेश पनि जान सक्नुहुन्थ्यो तर, ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल बनाउने नेपालकै चिकित्सकको विश्वास गर्नुभयो, यो अत्यन्तै खुसीको कुरा हो।

अब नेपालका चिकित्सकमाथि थप जिम्मेवारी थपिएको छ। उहाँले एउटा नयाँ अध्याय शुरू गर्नुभयो, नेपाली अस्पताल र नेपाली डाक्टर अन्तर्राष्ट्रियस्तरको उपचार गर्न सक्षम छन् है भन्ने सन्देश दिनुभयो। अब यो सन्देशले हिजोका दिनमा म बैंकक पुगेर आएँ भनेर जसरी गर्व गर्थे आज प्रधानमन्त्रीले नेपालकै डाक्टर र अस्पताल त्यतिकै सक्षम छन् भन्ने प्रमाणित गरेर देखाउनुभयो। उहाँको यो विश्वासले मेडिकल समुदायलाई ठूलो जिम्मेवारी थपेको छ।

त्रिवि शिक्षण अस्पतालको टोलीले १२ वर्षसम्म मिर्गौला प्रत्यारोपणमा उत्कृष्ट प्रमाणित गर्न गरेको ठूलो तपस्याले प्रधानमन्त्रीसमेत आश्वस्त हुनुभयो। प्रधानमन्त्रीको निर्णयले ठूलो विश्वास बढाउने काम गर्यो, अब जनताले प्रधानमन्त्रीबाट मिर्गौला प्रत्यारोपणपछि खाने औषधी निःशुल्क गरिदिनुहोला भन्ने आशा गरेका छन्। साथै सबै जिल्लामा मिर्गौला डायलोसिस गर्ने सेन्टर बनोस् भन्ने आशा गरेका छन्।

राज्यले सबै बिरामीको डायलोसिस र प्रत्यारोपण खर्चसहित सम्पूर्ण खर्च कहिलेसम्म धान्ला ?

हो, यो खर्च धान्न सम्भव छैन। तर, परेका व्यक्तिलाई त दिनै पर्यो। त्यसैले अबको अभियान भनेको टुलुटुलु हेरेर स्वास्थ्य बिगारिरहेका व्यक्तिलाई वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्यो। यो प्रविधिका लागि सरकारले डायलोसिसको स्टेजमा नपुगेका बिरामीको उपचारका लागि समेत एक लाख रुपियाँ सहयोग गर्दै आएको छ। सरकारद्वारा सूचीकृत भएको अस्पतालले यो शुल्क पाउँछ भने जनतालाई ज्ञान नै छैन। यो सेवा पिसाबमा क्रियटिन, प्रोटिन गयो भने सरकारले दिने सुविधामा रहेर उपचार गराउन पाउँछ। यसका लागि सचेतनाको खाँचो छ।

मिर्गौलाका बिरामी कसरी घटाउने ? 

पिसाबमा एल्बोनियम गएको छ/छैन परीक्षणलाई अनिवार्य गरेको खण्डमा डायलोसिस गर्नेको संख्या ≈वातै घट्छ र सरकार धनी हुन्छ। मलेसियामा यही विधि अपनाएका कारण अहिले २० वर्षअघि वर्षमा ४ हजार व्यक्ति मात्र डायलोसिस सेवा लिन्थे र अहिले बल्ल ४४ हजार पुगेको छ। नेपालले मलेसियाबाट सिक्नु जरुरी छ। यसका लागि चेतना जगाउनुको विकल्प छैन। गगन थापा स्वास्थ्यमन्त्री रहेका बेला उहाँले शुरू गर्नुभएको थियो यसलाई निरन्तरता दिन पाए राम्रो हुन्थ्यो।

यो कतिको खर्चिलो छ ? 
क्रियाटिन र एल्बोमिन परीक्षणका लागि ५ सयभन्दा बढी खर्च हुँदैन। यसका साथै मिर्गौला बचाउन हरेक व्यक्तिले दिनमा १० हजार पाइला हिँड्नैपर्छ। दिनमा ३ लिटर पानी पिउनैपर्छ। स्वस्थकर खाना खाने, तौल नबढाउने, सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने, उच्च रक्तचाप र मधुमेहलाई ठीक ठाउँमा राख्ने, सुर्ती, चुरोट खानै हुन्न।
रक्सीले पनि मिर्गौला बिगार्छ भनिन्छ, तर सीमित परिमाणको रक्सी स्वास्थ्यका लागि लाभकर छ भन्दै विश्वमा ठूला प्रस्तावहरू स्याम्पेनका प्याला जुधाएर गर्ने गरिन्छ, यो के हो ? 

पछिल्लो समय एउटा अनुसन्धान रिपोर्ट बाहिर आएको छ– जिममा गएर एक घन्टा व्यायाम गर्नु र रातो रक्सी एक ग्लास खानु बराबर हो भनेर वैज्ञानिकरूपमा प्रमाणित गरेको छ। तर, रातोबाहेक अन्य रक्सी उल्लेख गरेको छैन। अहिलेसम्म खाने र नखानेलाई दाँजेर हेरेको पाइन्न, धेरै खाने र थोर खानेका बीचमा मात्र दाँजेर हेरेको पाइन्छ। यो त्रुटीपूर्ण अनुसन्धान हो।

सत्यमोहन जोशीजस्ता शताव्दी पुरुष लिमिटमा खाने व्यक्तिलाई रक्सीले सिल्पिङ ट्याब्लेटको काम गर्छ। आफूलाई स्वस्थ रहने गरी शरीरले धान्ने र घर–परिवारलाई असर नगर्ने अवस्थामा मात्र परिवारको अनुमति लिएर खान हुन्छ। तर, बाहिर गएको अवस्थामा अत्यधिक खाने प्रवृत्तिले सामाजिक हिंसा बढाउँछ। मलाई नै हेर्नुस्, रसियामा रक्सी खुला थियो, त्यहीं पढियो।

तर, अहिले म खान्न। चिकित्सकले त जुनसुकै बेला बिरामी जाँच्नुपर्ने हुन्छ, खाएर बिरामी जाच्न मिलेन। त्यसैले अरूले दबाब दियो भनेर खानुहुन्न। पानी जति शुद्ध तागत छ बिजुली पानीमा छैन।

स्वस्थ खानपान भनेको के हो ?

सबैभन्दा खराब भनेको फास्टफुड हो। अहिले सुविधासँगै फास्टफुडको प्रयोग नै रोगको घर हो। बजारमा पाइने दूधसमेत शुद्ध नभएर युरियामल हालेर मिसावट गरिएको छ। दूध–दहीभन्दा कोक–फान्टा स्प्राइटतिर मान्छे लागेका छन्। दही–चिउरा–केरा खानुस्, यो सदियौंदेखि चलेको सन्तुलित खाना हो। पिठोको रोटी मकै, भटमास कति स्वस्थकर थिए। केमिकल राखेर नकुहिने बनाएको खाना अस्वस्थ छ। चिनी, नुन, पिठो र चामल सेतो चिजको मात्र प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हो।

तिल, आलसको छोप घरमै बन्ने चिज नखाएर ओमेघा क्याप्सुल खाएर प्रेस्टिजको सान दिइन्छ। यही रूप हुने हो भने भविष्यमा अजिनोमोतो, चिल्लो, अस्वस्थ खानेकुराकै लागि घरको खाना बन्द हुन्छ र परिवारै रेस्टुरेन्टमा खान थाल्छन्। यसलाई न्यूनीकरण गर्नैपर्छ र माछा, मासु, मादक पदार्थ, सुर्तीजन्य पदार्थको प्रयोगमा ध्यान दिनु जरुरी छ। परसंस्कृतिको प्रभावले नेपालको संस्कृति हराउँदै छ। विदेशी भने नेपालको सिको गर्दै छन्। भोक लागोस् अनि खाऊँ। अहिलेको पुस्ताले भोक नै नलागी खान बाध्य छ। बच्चालाई ओछ्यानबाट उठ्दासाथ नास्ता तयार छ, बाहिर गाडी आइसक्यो– छिटो–छिटो खाउँ ?

मिर्गौलाका बिरामीलाई सरकारले के–केमा सुविधा दिन्छ ?

डायलासिसका लागि एकपटकमा २५ सय र हप्तामा दुईपटक विशेषज्ञको सिफारिसमा तीन पटकसम्म अस्पताललाई २५ सयका दरले खर्च दिन्छ। सीएपीडी पानी डायलासिस गर्दा पनि सरकारले पैसा दिन्छ। १० वर्षअघि तोकेको सहयोग कम भयो एचएलए टाइपिङ गर्न सरकारले ५० हजार रुपियाँ दिन्छ।

त्यसै गरी प्रत्यारोपण गर्न ४ लाख रुपियाँ दिन्छ। प्रत्यारोपणपछि औषधी खानका लागि भनेर १ लाख रुपियाँ दिन्छ। प्रत्यारोपण गरेका बिरामीहरूलाई दुई वर्षसम्म टेकुको ल्याबबाट महिनामा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्छ र दुई वर्षपछि तीन महिनामा एकपटक निःशुल्क परीक्षण गर्छ।

मिर्गौला प्रत्यारोपणपछि बिरामीले एकपटक मात्र १ लाख पाउने हो ?

हो। त्यसैले १ लाख दिने सट्टा १ लाखका दरले दिदै आएको पैसाबाट आवश्यकताअनुसारको औषधी नै उपलब्ध गराइदिए हुन्थ्यो। बिरामीले पैसा हैन औषधी खोजेका छन्। पैसाको सट्टा औषधी दिन थालेको भए उपलब्धि हुने थियो। नेपालजस्तो गरिब मुलुकमा यी सुविधा दिनु ठूलो कुरा हो तर आवश्यकता र व्यावहारिक हुने गरी दिनु जरुरी छ।

केही बिरामी मिर्गौला प्रत्यारोपण पछि खानुपर्ने औषधी किन्न नसकेर मरे। अर्काको मिर्गौला लिएर हालें औषधी खाने कुरा थाहै थिएन अब कसरी बाँच्नु, म मरें भने बच्चाले त ऋणको भार बोक्नुपर्दैन… यस्ता समस्या अनगिन्ती छन्। अब डायलोसिसमा हैन मिर्गौला प्रत्यारोपण र औषधीमा जोड दिनु जरुरी छ। प्रधानमन्त्रीको ध्यान अब यता पुग्नु जरुरी छ।

अन्त्यमा, आजभोलि त्रासको विषय बनेको कोरोना भाइरसबाट सन्दर्भ सकौं। नेपालको सन्दर्भमा यसबाट कसरी बच्ने र बचाउने ?

आफू रोगी भयो भने अरूलाई सार्नुहुन्न भन्ने चेतना नभएकै कारण अरूको स्वास्थ्यप्रति जबाफदेही रहेनछौं। हाम्रो हात सबैभन्दा फोहोर रहेछ। नेपालको वातावरणले मात्र जोगिएको हो। नेपालको नमस्कार गर्ने संस्कार सबैभन्दा राम्रो रहेछ। अपरिचित र नौलो मान्छेबाट टाढै बस्ने र सचेतना अपनाउने, आत्तिहाल्ने अवस्था छैन। कोरोना लाग्ने बित्तिकै मर्ने हैन तर आफू स्वस्थ रह्यो भने रोग आइहाल्यो भने बच्ने उपाय भनेको यिनै हुन्।

शाकाहारी खानाजस्तो शरीरलाई स्वस्थ राख्ने अरू केही रहेनछ भन्ने पनि कोरोनाले प्रमाणित गरेको छ। हात डिसइन्फेक्सन गर्ने र स्वस्थ हुने नै रोगबाट जोगिने उपाय हो। मानसिकरूपमा बलियो हुने त्रासले रोगको बाटो खोलिदिन्छ। आइहाल्यो भने पनि आत्तिनुहुन्न र जोगिनुपर्यो। हाम्रो मानसिकता त्रसित छ, रोग आकै छैन। चीनमा ८० हजारमा ७० हजार निको भएर घर फर्के। नआत्तिऊँ।

प्रतिक्रिया दिनुहोस्