भारतमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु

0
Shares

नयाँ दिल्ली । 

 भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ । पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन् ।

ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ । दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।