आगलागीबाट २५ लाखको क्षती

0
Shares

अमृत अर्याल,स्याङ्जा ।

स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा आगालागीबाट करिव २५ लाख बराबरको क्षती भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट २३ लाख १३ हजार बराबरको प्रारम्भिक क्षती भएको छ । शुक्रवार दिउसो लागेको आगो नियन्त्रणका लागि वालिङ नगरपालिकाबाट दमकल सहित प्रहरी, स्थानीय, नेपाली सेना लगायतको प्रयोग गरि आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार नेत्र प्रसाद न्यौपानेको गोठमा गाईभैसीलाई कुडो पकाउनको लागि बालिएको आगोे अचानक गोठमा सल्किएसँगै वरपरी फैलिएकाले ठुलो क्षती भएको बताईएको छ । आगलागीमा परि नेत्र प्रसाद न्यौपानेको १ गोठ तथा १ कटेरो पूर्णरुपमा जलेको छ भने २ वटा भैसी समेत मरेका छन् । त्यस्तै छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैसी गम्भिर घाईते भएका छन् ।

यसैगरी सन्तोष पाण्डेको २ वटा कच्चि घर तथा एक कटेरो जलेको प्रहरीले जनाएको छ ।आगलागीमा परी तारा प्रसाद न्यौपानेको गोठ र कटेरो जलेको छ भने राम प्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ । गर्मी मौसम र हावाहुरी चल्ने समय भएकाले आगालागीका घट्नाहरु हुन सक्ने हुदाँ सावधानी अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।