ट्रम्पको अधिकार कटौती गर्ने संसद्को प्रस्ताव


वासिंगटन, (एजेन्सी)

संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान बिरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनालल्ड ट्रम्पको अधिकार कटौती गर्ने विषयमा एउटा प्रस्तावलाई पारित गरेको छ।

तर यस प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्। संसद्मा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौतीसम्बन्धी प्रस्तावको पक्षमा २ सय २७ र विपक्षमा १ सय ८६ मत खसेकोे थियो।

डेमोक्रेटिक पार्र्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्र्टी लाइनअनुसार नै मतदान गरेको बताइएको छ।