ओस्कार विजेता ह्यान्क्स दम्पतीमा कोरोना

0
Shares

सिडनी, (एजेन्सी)

 

अस्ट्रेलियामा चलचित्र क्षेत्रको विश्व प्रसिद्ध ओस्कार पुरुस्कार विजयी टम हयान्क्स र उनकी पत्नी रिटा विल्सन कोरोना भाइरस अर्थाथ कोभिद–१९ पोजिटिभ भेटिएको बताइएको छ। ह्यान्क्सले आफ्नो इस्टाग्राममार्फत क्विन्सल्यान्डमा आफू र पत्नीलाई रुघाका लक्षण देखापर्ना साथै डाक्टरहरुको परामर्श लिएको जानकारी दिएका छन्।

 

यिनीहरु दुवैको उमेर ६३ रहेको छ। तिनीहरु दुवैलाई अहिले अस्ट्रेलियाको एउटा अस्पतालमा आइसोलेसनमा राखिएको र दुवैका स्वास्थ स्थिति स्थिर रहेको सरकारी अधिकारीहरुले पत्रकारहरुलाई जानकारी गराएका छन्। चर्चित गायक एल्भिस प्रिस्लेकोबारे चलचित्र बनाउने क्रममा यी दम्पती गोल्ड कोस्टमा रहेका थिए।

 

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस ठूलै महामारी सावित हुने कुराको औपचारिक घोषणा गरेको केही समयपछि नै तिनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको हो। ह्यान्क्सले इन्स्टाग्र्राममा लेखेका छन्– ‘हामी दुवै अलि थाकेका छौं।’

 

हामीलाई रुघा लागेको जस्तो भइरहेको छ। शरीर केही दुखेको छ। रिटालाई कामज्वर आउने जाने भइरहेको छ। परीक्षणपछि हामीमा कोरोना पोजिटिभ देखिएको हो। उनले ‘फोर्रेस्ट गम्प’ र ‘सेभिंग प्राइवेट ¥यान’ चलचित्रका लागि एकेडेमी अवार्ड जितेका थिए।