मन्त्रीको मकुन्डो लगाएर ठग्नेलाई सँजाय

0
Shares

पेरिस, (एजेन्सी)

 

एकजना धनी व्यक्तिबाट पाँच करोड पचास लाख युरोभन्दा बढी रकम ठग्नका लागि एकजना फ्रेन्च मन्त्रीको रूपधारण गर्ने दुईजना पुरुषलाई बिहीबार राजधानी पेरिसस्थित एक अदालतले कारावास सँजाय सुनाएको छ।

 

फ्रानको इजरायलसी गिल्वर्ट चिक्ली र एन्थोनी लासारेभित्स्कले सधैं मन्त्री जिन भेस ला ड्रियानको सिलिकनबाट बनेको मुकुन्डो लगाएर पीडितलाई छकाउँदै आएको बताइएको छ।

 

तिनीहरु दुवैलाई अनुसन्धानकर्ताले प्रमाणसहित दोषी ठहराए पनि तिनीहरुले भने आफूहरु निर्दोष रहेको तथा ला ड्रियानको रूप धारण नगरेको अडान लिँदै आएका थिए।

 

चिक्लीलाई २० लाख युरो जरिवानासहित ११ वर्ष कैद र लासारेभित्स्कलाई १० लाख युरो जरिवाना र सो वर्ष लामो कारावास सँजाय तोकिएको छ। आफूलाई सँजाय सुनाइँदै गर्दा चिक्लीले चिच्याएर भनेका थिए, ‘यो ठूलो षड्यन्त्र हो। तिमीहरुलाई लाज लाग्नुपर्ने हो।’ अदालतले तिनीहरुले सन् २०१५ र २०१६ बीच इस्माइली मुश्लिम आध्यात्मिक गुरु आगा खान र तुर्केली नामुद व्यापारी इनान किराकलाई बेस्सरी ठगेको जनाएको छ।

 

वकिलहरुले स्काइपमार्फत् आफ्ना शिकारुहरुसंग सम्पर्क राख्ने क्रममा तिनीहरु मध्ये एकजनाले मन्त्री ला ड्रियानको मुकुन्डो लगाउने गरेको तथा पृष्ठभूमिमा भने मन्त्री कार्यालयजस्तै देखिने गरी राष्ट्रिय झण्डा र राष्ट्रपति फ्राँस्वाँ होलोन्डको तस्वीरसमेत राख्ने गरेको बताएका छन्।

 

तिनीहरुले राजनीतिज्ञ र प्रमुख व्यापारीहरुलाई बन्धक छुटाउन वा आतंकवादविरुद्ध अपरेसन चलाउन पैसा माग्ने गरेको बताइएको छ। अहिले फ्रान्सको विदेशमन्त्री रहेका ला ड्रियान त्यतिबेला रक्षामन्त्री रहे पनि अन्तर्राष्ट्रिय जगतमा त्यति चर्चित थिएन।

 

अनुसन्धानकर्ताहरुले तिनीहरुले बेल्जियमका राजा फिलिप्पे, गावोनिज राष्ट्रपति अलि बोनगो, लाफारेज सिमेनट कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी, चर्च र च्यारिटीहरुका प्रमुखलगायत १ सय ५० भन्दा बढी व्यक्ति तथा संघसंस्थालाई सजिलैसंग ठगेको बताएका छन्। तिनीहरुको अनुरोध र निर्देशनअनुसार आगा खानले मात्र पोल्यान्ड र चीनमा कुल २ करोड युरो पठाएका थिए।

 

सोमध्ये ७७ लाख युरो भनेपछि रोक्का गरिएको थियो। किराकसंग भने सिरियाम बन्धक बनाइएका दुईजना पत्रकारलाई छुटाउन भन्दै ४ करोड ७० लाख युरो लिइएको बताइएको छ। तिनीहरु दुवैलाई सन् २०१७ मा युक्रेनले फ्रान्ससमक्ष सुपुर्दगी गरेको थियो।

 

यस काण्डमा गिरफ्तार परेका अन्य ५ जनामध्ये एकजनालाई सफाइ दिइएको छ भने बाँकीलाई अधिकतम् पाँच वर्षसम्मको कारावास सँजाय तोकिएको छ।