डब्ल्यूएचओद्वारा कोरोना सक्रमणलाई महामारी घोषणा, अमेरिकाले युरोपसँगको उडान रोके

0
Shares

वासिङ्टन, (एजेन्सी)

 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको छ। यसअघिसम्म डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन।

 

महामारी त्यस्तो रोगलाई भन्ने गरिन्छ जुन एकै समय विश्वका फरक–फरक देशमा मानिसहरुमा फैलिरहेको छ। डब्ल्यूएचओका अध्यक्ष डा. टेडरोज आध्यनोम गेब्रेयसोसले कोरोना भाइरसलाई लिएर निस्क्रियता चिन्ताजनक भएकाले आफूले अब यस भाइरसको संक्रमणलाई महामारी शब्दको प्रयोग गर्न गइरहेको बताए।

 

यसअघि सन् २००९ मा स्वाइन फ्लुलाई महामारी घोषणा गरिएको थियो। विशेषज्ञहरुका अनुसार स्वाइन प्mलुका कारण लाखौं मानिसको ज्यान गएको थियो। भाइरस नयाँ भयो भने महामारीको धेरै सम्भावना रहन्छ।

युरोपसँगको सबै उडानमा रोक

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिकाको यात्रामा रोक लगाएका छन्। कोरोना भाइरसका कारण लगाइएको यस प्रतिबन्धमा बेलायत समावेश गरिएको छैन।

 

यसअघि एक ट्विटमा राष्ट्रपति ट्रम्पले भनेका थिए, म कोरोना भाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकारको सबै शक्ति प्रयोग गर्न तयार छु। यात्रा प्रतिबन्धको घोषणा अघि ट्रम्पले एक अन्य ट्विटमा सञ्चार माध्यमलाई एकता र शक्ति देखाउने समयका रूपमा हेर्नुपर्ने बताएका थिए।

 

उनले भने– ‘हाम्रो समान शत्रु हो, वास्तवमा यो पुरै विश्वको शत्रु हो, कोरोना भाइरस। हामीले यसलाई छिटोभन्दा छिटो थप सुरक्षित तरिकाबाट हराउनुछ। मेरा लागि अमेरिकी नागरिकको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण केही पनि छैन। अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका १ हजार १ सय ३५ मामिलाअगाडि आएका छन् र यसका कारण ३८ जनाको मृत्यु भइसकेको छ।

 

यो नियम शुक्रबार मध्यरातिबाट लागू हुने उनले बताए। युरोपेली देशमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणाले वासिंगटनमा रहेका युरोपेली देशका राजदूतहरु आश्चर्यमा परेका छन्। उक्त उडान प्रतिबन्धका बारेमा युरोपेली राजदूतहरुलाई पहिल्यै सूचित गरिएको थिएन। ट्रम्पको घोषणापछि विश्व सेयर बजारमा गिरावट आएको छ। न्युयोर्कको डाउ जोन्स सूचकांक विगत महिनाको तुलनामा २० प्रतिशतभन्दा तल झरिसकेको छ।

 

त्यसैगरी अमेरिकाको नेसनल बास्केटबल एसोसिएसनले पनि एक खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि म्याच रद्द गर्ने घोषणा गरेको छ। युटाहा जेज टिमका खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोले जेज र ओक्लाहाम सिटी थन्डरबीच हुने म्याच रद्द गरिएको एनबीएले जनाएको छ।

 

त्यसपछि हुने म्याचहरु पनि अर्को आदेश नआएसम्मका लागि बन्द गर्ने घोषणा गरिएको छ। जी ७ को बैठक भिडियो कन्फरेन्सबाट हुने
यसैबीच रुसको पिट्र्सवर्गमा यसै महिनाको २४ र २५ मा हुने समूह ७ देशका मन्त्री स्तरीय बैठकको तरिका परिवर्तन गर्ने घोषणा गरिएको छ। यो बैठक अब भिडियो कन्फरेन्सका माध्यमबाट हुनेछ।

 

त्यसैगरी लस एन्जलसमा यसै वर्ष जुनमा हुने ई ३ एक्स्पो (इन्टरटेनमेन्ट इलेक्ट्रोनिक एक्जिबिसन्स्) पनि रद्द गरिएको छ। भिडियो गेमिंग इन्डस्ट्रिका लागि महत्वपूर्ण मानिने यस वार्षिक एक्स्पोमा विश्वभरिका गेम बनाउने कम्पनी र भिडियो गेम खेल्नेहरु आउने गर्छन्।