काठमाडौं।
हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको अन्तराष्ट्रिय समाचार संस्था डेली मेलले जनाएको छ। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् । टम ह्यान्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन् ।
‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्यौँ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । अलिअलि ज्वरो पनि आएको थियो । त्यसपछि हामीले कोरोना भाइरसको परीक्षण गर्यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्यान्सले भनेका छन् ।
उनले आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल पृथक ढंगले गर्ने पनि बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन् ।
प्रतिक्रिया