सिन्दयाको राजिनामासंगै मध्य प्रदेशको कांग्रेस सरकार खतरामा

0
Shares

नयाँदिल्ली,(एजेन्सी)
भारतिय जनता पार्टी ( बिजेपि ) द्वारा शासित नभएको भारतको एक मात्र राज्य मध्य प्रदेशका एकजना वरिष्ठ कांग्रेस नेताले पार्टी त्याग गरेपछि त्यहाँको सरकार ढल्ने संकेत देखिएको छ । ज्योतिरादित्य सिन्दिया बुधवार बुधवार कांग्रेस छाडेर बिजेपिमा प्रवेश गरेक छन् ।
उनले पत्रकारहरुलाई बताएका छन् , ‘ म प्रधानमन्त्री नेरेन्द« मोदीको नेतृत्व अन्तर्गत काम गर्न उत्सुक छुँ । ’ थुप्रै कांग्रेस विधायकहरुले उनलाई समर्थन गर्ने विश्वास गरिएको छ । सिन्दियाले आफ्नो पूर्व पार्टी कांग्रेसले आफ्नो दिशा गुमाएको र मध्य प्रदेशका जनतालाई धोका दिएको अरोप लगाएका छन् ।
नयाँ दिल्ली स्थित भारतिय जनता पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन् , ‘ कांग्रेसमा परिस्थिती पहिलेको जस्तो अहिले छैन । मैले प्रवेश गरेको पार्टी यो रहेन । मैले राष्ट्रको लागि काम गर्ने लक्ष पुरा गर्न सकेको छैन । आफ्नो परिवारमा आउन मलाई निमन्त्रणा दिएकोमा म प्रधानमन्त्री नरेन्द« मोदी र गहमन्त्री अमित शाहलाई पनि धन्यवाद दिन चाहन्छुँ । मोदीको नेतृत्वमा भारत सुरक्षित छ । ’
सोमवार सिन्दिया प्रति समर्पित कमितमा सत्रजना कांग्रेस विधायक अचानक राजिनामा दिएर सम्पर्क बाहिर बसेपछि यो राजनीतिक नाटक प्रारम्भ भएको हो । कांग्रेस पार्टीले सिन्दियासंग सम्पर्क राख्न खोजेको तर सफल नभएके जनाएको छ । मंगलवार दिल्ली पुगेर सिन्दियाले मोदी र शाहसंग भटघाट गरेका थिए । यसैबाट उनी बिजेपि प्रवेश गर्न सक्ने संकेत देखिएको थियो । त्यसको लगत्तै आशंका गरिए जस्तै सिन्दियाले टिवटर मार्फत आफ्नो राजिनामा घोषणा गरेका थिए ।
उनी पछि अन्य पााच जना कांग्रेस विधायकले पनि राजिनामा दिइ सकेका छन् । तर सभामुखले सबै २२ जनाको राजिनामा स्विकार गरेको छैन । यदि राजिनामा स्विकारिएको खण्डमा संसदमा कांग्रेस अल्पमतमा पर्ने तथा बिजेपि सत्तामा आउने स्पष्ट छ । सन् २०१८ को विधानसभाको चुनावमा कांग्रेसले १ सय १४ र बिजेपिले १ सय ९ सिट जितेका थिए ।