तिव्वत भ्रमणका लागि साँगेको आग्रह

0
Shares

धर्मशाला,(एजेनसी)

निर्वासित तिव्वतका राष्ट्रपति लोब्सांग साँगेले मंगलवार संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला प्रमुखलाई तिव्वतमा गएर मानव अधिकार उल्लंघनका घटनाहरु हेर्न तथा चीन नियन्त्रित यस क्षेत्रमा प्रेसको पहुँच पु¥याइदिन आग्रह गरेका छन् ।

निर्वासित तिव्वत सरकारले ६१ औं तिव्वती आन्दोलन दिवस मनाउने क्रममा केन्द«य तिव्वती प्रशासनले जारी गरेको एक विज्ञप्तिमा उनले सो कुरा आग्रह गरेका हुन् । सन् १९५९ को १० मार्चको दिन चिनियाँ सेनाले ल्हासामा भएको तिव्वती आन्दोलन बलपूवक दवाएको थियो । त्यसपछि धार्मिक नेता दलाई लामा भातमा निर्वासित भएका थिए ।

त्तिवेला दलाई लामा लगायत असी हजार तिव्वती भारत लगायत वश्वका अन्य विभिन्न मुलुकमा पलायन भएका थिए । गतमहिना मात्र चीनले संयुक्त राष्ट्र संघको मानव अधिकार मामिलाका लागि उच्चायुक्त मिचेल्ले बचलेटले यस वर्ष चीन भ्रमण गर्ने जनाएको थियो ।

चिलीका पुर्व राष्ट्रपति पनि रहेका बाचलेटले चीनलाई संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई विशेष गरी सिन्जियांग क्षेत्रमा मुश्लिमहरुलाई जथाभावी थुनामा राख्ने र वेपत्ता बनाउने जस्ता घटनाहरु माथि अनुसन्धान गराउन दिन दवाव दिँद ैआएकी छन् ।

साँग्याले बाचलेटलाइ चीन भ्रमणको क्रममा तिबब्मा पनि पुग्न आग्ह गरेका छन् । त्यसैगरी भारतका ेमद«ास स्थित तिव्वती बिद्यार्थी संगठनका सदस्यहरुले तिव्वती जन आन्दोलनको स्मरणमा एउटा ¥याली आयोजना गरेको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।