प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

0
Shares

ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

महानगरपालिका कार्यपालिका बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको एक साताअघि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसै गरी महानगरपालिकाले मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य लाभको कामना गरेको छ। विज्ञप्तिमा मिर्गौला प्रत्यारोपण र उपचारमा संलग्न चिकित्सक र चिकित्साकर्मीलाई विशेष धन्यवाद प्रकट गरेको जनाइएको छ।

यो पटक नेपालमा नै मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको १२ वर्ष अघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।