अवैध रकम बरामद

0
Shares

काठमाडौं, (नेस)
लुकाइछिपाइ अवैध रूपमा स्वदेश लैजान लागेको रकमसहित सिंगापुरका नागरिक तानघिङ चोइङलाई साँझ प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्यान्ड ब्यागेज् चेकिङ एरियामा चोइङले साथमा लिई आएको ह्यान्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपियाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
चोइङलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।