खड्काका हत्यारा पक्राउ

0
Shares

काठमाडौं, (नेस)
उदयपुर कटारी घर भई बालकुमारी डेरा गरी बस्दै आएका मूर्तिकार हरि खड्काको हत्यामा संलग्न रहेको अभियोगमा मकवानपुरका कुमार थिङलाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन २८ गते मृत अवस्थामा फेला परेका खड्काको घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले थिङलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेका थिङलाई जिल्ला अदालत पाटन पठाइदिएको छ।