चिनियाँ राष्ट्रपति उहानमा कोरोना भाइरसको महामारी रोक्नमा सफलता प्राप्त गरेको सीको घोषणा

0
Shares

बेइजिङ (एजेन्सी)
चीनले पहिलोपटक नोबेल कोरोना भाइरस नियन्त्रणमा आएको स्पष्ट संकेत दिएको छ। चिनियाँ नेता सी जिनपिङले उक्त महामारीकोे केन्द्र उहानको भ्रमण गरेर उक्त संकटलाई परास्त गरेको सन्देश दिएका छन्।
भाइरस प्रभावित उहान शहर पुगेका चीनका राष्ट्रपति सीले कोरोना भाइरसको प्रमुख केन्द्र उहानमा यसमाथि नियन्त्रण पाइसकेको घोषणा गरे। सीले भने– ‘हुवेई र उहानमा उक्त भाइरसलाई नियन्त्रण गरिसकेपछि अब स्थिति सामान्य गर्ने दिशामा प्रारम्भिक सफलता प्राप्त भएको छ।’
विगत २४ घन्टामा चीनमा १७ जनाको मृत्यु भयो र यस संक्रमणमा मर्नेको संख्या बढेर ३ हजार १ सय ३६ पुगेको छ।
चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसले मंगलबारसम्ममा १ सय १५ देश तथा इलाकामा आप्mनो उपस्थिति देखाइसकेको छ। चीनपछि इटालीले आफूलाई लकडाउन गरिसकेको छ।
इटालीले प्रभावित क्षेत्र मिलान र लोम्बार्डीमा नागरिकलाई घरबाट निस्कन रोक लगाएको छ। यसले ती इलाकाका १ करोड ६० लाखभन्दा धेरै नागरिक बाँकी विश्वबाट अलग–अलग परेका छन्। त्यसैगरी, चीनमा यसरी थुनिएकाहरूको संख्या ४ करोड ६० लाखभन्दा धेरै छ। यसले विश्वभरि हाल नै करिब ६ करोडभन्दा धेरै मानिस थुनिएका अवस्थामा छन्।
चीनपछि यस भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने देश इटाली नै भएको छ। इटालीमा हालसम्म ४ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ९ हजार १ सय ७२ संक्रमित छन्।
इटाली ः जेलमा दंगा
कोरोना भाइरस प्रकोपका कारण लगाइएको प्रतिबन्धले गर्दा २५ जेलमा दंगा भड्केको र त्यसमा ६ कैदीको ज्यान गएको इटाली प्रशासनले जानकारी दिएको छ। मर्नेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। प्रशासनले कैदीहरूलाई परिवारसँग भेट्न रोक लगाएको थियो। त्यसको लगत्तै कैयौं स्थानमा सडक प्रदर्शन भएपछि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको हो।
चीनपछि इटालीमा कोरोना भाइरस कोबिड–१९ बाट मर्नेको संख्या सबैभन्दा धेरै पुगेको छ।
पाकिस्तानमा सन्त्रास फैलियो
पाकिस्ताको सबैभन्दाा ठूलो शहर तथा सिन्ध प्रान्तको राजधानी कराँचीमा कोरोना भाइरसको संक्रमण एकै दिनमा ९ जनामा देखिएपछि देशभरि सन्त्रास फैलिएको छ। सिन्ध प्रान्तमा अन्य दुईजनामा पनि यो संक्रमण देखिएको छ। यसले देशमा यस भाइरसको संक्रमित हुनेको संख्या १८ पुगेको छ।
इरानमा ७० हजार कैदी रिहा
इरान कोरोना भाइरससँग लडिरहेको छ र विश्वभरमा यो भाइरसको संक्रमितहरूको मामिलामा यो तेस्रो स्थानमा छ। यसबीच इरानको न्याय विभागले ७० हजार कैदीहरूलाई रिहा गर्ने घोषणा गरेको छ। तर, उनीहरूलाई कहिलेसम्ममा रिहा गर्ने भन्ने विषयमा निश्चित भएको छैन। यति धेरै संख्यामा कैदीलाई रिहा गर्नुले असुरक्षाको वातावरण बन्न सक्ने नागरिकहरूले आंशका व्यक्त गरिरहेका छन्।
साउदी अरेबियाले जरिवाना लगाउने
खाडी देशमा सबैभन्दा कोरोना प्रभावित देश इरान हो। त्यस क्षेत्रका देशहरूले सीमा नियन्त्रणमा ध्यान दिइरहेका छ। साउदी अरेबियाले आप्mनो देशमा आउनेहरूमाथि कडा नियम लागू गरेको छ। यदि, कसैले आप्नो स्वास्थ्य स्थितिको जानकारी नदिएमा उक्त राष्ट्रमाथि १ लाख ३३ हजार डलरसम्ममा जरिवाना लगाउन सक्ने साउदी सरकारले नियम ल्याएको छ। साउदी अरेबियाले १४ देशमा आवागमनमाथि तत्काल लागू हुने गरी रोक लगाइसकेको छ। यदि, कोही इरान जान्छ भने उविरुद्ध कडा कारबाही हुने पनि चेतावनी दिएको छ।
उत्तर कोरियामा दुई सय सैनिकको मृत्यु
उत्तर कोरियामा २ सय सैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको समाचार बाहिर आएको छ। यद्यपि, देशका नेताहरूले भने हालसम्म उक्त विश्व महामारी त्यहाँ आइनपुेको आधिकारिक बयान दिँदै आइरहेका छन्।
दक्षिण कोरियाली समाचार संगठन डेली एनकेले कोबिड–१९ बाट गत जनवरीमा १ सय ८० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र फेब्रुअरीमा ३ हजार ७ सयलाई क्वारेन्टाइनमा पठाइएको जनाएको छ। एसियामा चीनपछि सबैभन्दा प्रभावित दक्षिण कोरियामा पनि नयाँ संक्रमितको घटनामा कमी आएको छ। त्यहाँ हालसम्म कोरोना भाइरसबाट ५१ जनाको मृत्यु भइसकेको छ।
अमेरिका
अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या ५ सय ४५ पुगेको छ भने २२ जनाको मृत्यु भइसकेको छ। त्यहाँको ओरेगन, क्यालिफोर्निया र न्युयोर्कस्टेटमा पहिले नै आपत्कालीन स्थितिको घोषणा गरिसकेको छ। यद्दपि, त्यहाँ लकडाउनको स्थिति भने छैन।यसबीच अमेरिकामा पनि सार्वजनिक भेला तथा सामुद्रिक यात्रामा रोक लगाइएको छ।
त्यसैगरी, क्यानाडामा पनि यस भाइरसबाट १ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियाका स्वास्थ्य अधिकारीहरूले यसको जानकारी दिएका हुन्।