प्रतिवन्धित हतियार प्रयोगमाथि छानबिन  

0
Shares

सिडनी,(एजेन्सी)
अस्ट्रेलियाली सरकारले एकजना राज्य प्रहरी मन्त्रीले कारागारको गन रेन्जमा प्रतिवन्धित हतियार प्रयोग गरी कानुन तोडेको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ।
न्यु साउथ वेल्सका विधायक रहेका डेबिड इलियटले सन् २०१८ को सो निसानेवाजी गर्ने रेन्जको उद्घाटनको क्रममा आफूले प्रयोग गरिरहेको हतियारसहितका तस्वीरहरू सार्वजनिक भएपछि आफ्नो सो मुद्दा स्वयंले प्रहरीलाई जिम्मा लगाएका हुन्।
अस्ट्रेलियाको प्रचलित कानुनअनुसार विनासूचना पूर्वसरकारी तथा सर्वसाधारणले अर्ध स्वचालित र स्वचालित हातहतियार चलाउन पाउँदैनन्। इलियट र कारागारका अधिकारीहरू दुवैले यस घटनालाई प्रशासनिक त्रुटिको संज्ञा दिएका छन्।
अस्ट्रेलियाली सञ्चारमाध्यमले  सन् २०१८को सेप्टेम्बरमा सिड्नीको सो रेन्जमा तिनीहरूले एउटा सब–मेसिनगन र एउटा सेमी अटोमेटिक पिस्तोल प्रयोग गरेको जनाएको छ। न्यु साउथ वेल्सको कानुनअनुसार विनाअनुुमति यस्ता हातहतियार प्रयोग गर्ने जो कोहीलाई कम्तीमा १४ वर्ष लामो कारावास सजाय हुन सक्छ।
विपक्षी विधायकहरूले इलियटले कानुनी आवश्यकतालाई बेवास्ता गरेको भनी आलोचना गरेका छन्। यस्ता हतियार सेना, प्रहरी र कारागारका सुरक्षाकर्मीले मात्र प्रयोग गर्न पाउँछन्। अस्ट्रेलियाले सन् १९९६ को आमनरसंहारको घटनापछि बन्दुकसम्बन्धी विश्वकै सबैभन्दा कडा कानुन लागू गरेको थियो।