एजेन्सी ।
कोरोना भाईरस अर्थात् कोभिड १९ को प्रकोपले विश्व नै त्रसित भईरेहका बेला उत्तर कोरियामा पनि यसको संक्रमण भयानक देखिएको छ । उत्तर कोरियाली समाचार संस्था ‘डेली एनके’ मा प्रकाशित समाचारका अनुसार उत्तर कोरियाका लगभग २ सय जना सैनिकको मृत्यु भएको छ। त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ।
डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो। रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ। ज्यान गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए।
उक्त रिपोर्ट अनुसार केही सैनिक उच्च ज्वरो तथा निमोनियाका कारण मरेपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात आएको हो। त्यस्तै सैनिक नेतृत्वले क्वारेन्टाइनमा राखिएकाको समेत तथ्यांक उल्लेख गर्न अस्पताललाई आदेश दिएको थियो।
रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको डेली एनकेले जनाएको छ। साथै सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको बताइएको छ।











प्रतिक्रिया