महिला स्वतन्त्रताका लागि र्याली

0
Shares

इस्लामाबाद, (एजेन्सी)

पाकिस्तानमा मुस्लिम कट्टरपन्थीहरूको धम्की अस्वीकार गर्दै महिलाहरूले स्वतन्त्रता र्याली निकालेका छन्। महिला दिवसका अवरसमा स्वतन्त्रता र्यालीमा देशभरका महिलाले भाग लिएका थिए।

महिलाहरूको उक्त शान्तिपूर्ण र्यालीमा राजधानी इस्लामाबादमा मुस्लिम कट्टरपन्थीहरूले इँटा र जुत्ता प्रहार गरेका थिए। घरेलु हिंसा, बलात्कार, यौन उत्पीडन र जबरजस्ती विवाहका घटनाको सिकार भइरहेका महिलाले देशभरि प्रदर्शन गरेका थिए। सहभागी महिलाले आफ्नो शरीरमाथि आप्mनो पूर्णाधिकार र महिलाको शरीर कसैको युद्धमैदान नभएको नारा लगाएका थिए।