एस बैंकका सीईओ गिरप्तार

0
Shares

नयाँदिल्ली, (एजेन्सी)

भारतको वित्तीय अपराधसम्बन्धी गुप्तचरहरूले सोमबार मुद्रा अपचलनको अभियोगमा निजी एस बैंकका प्रमुख कार्यकारिणी अधिकारीलाई पक्राउ गरेको छ। भरतको केन्द्रीय बैंकले यस बैंकको दायित्व नियन्त्रणमाथि कब्जा जमाएको केही दिनपछि अधिकारी राम कपुरलाई पक्राउ गरिएको हो।
कपुरलाई मुम्बईको पश्चिमी शहरको एक अदालतमा पेस गरिएको छ। अदालतले उनलाई ११ मार्चसम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ। भारतको संघीय वित्तीय निकायले कपुरले करिब ५८ करोड १० लाख अमेरिकी डलर हिनामिना गरेको दाबी गरेको छ। तर, कपुरले आफूविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका छन्।
कानुनी निकायले उनले अनुसन्धानमा सहयोग गर्न पनि अस्वीकार गरेको जनाएको छ। खराब कर्जामा चुर्लुम्म डुबेको एस बैंकले आफ्नो दैनिक कारोबार चलाउनका लागि पुँजी बढाउने असफल प्रयास गरेको थियो।
रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) ले खराब कर्जाका कारण बढेको नोक्सानलाई सपार्न पुँजी उठाउन नसकेकै कारण यो बैंकको स्थिति कमजोर हुन पुगेको जनाएको छ। आरबीआईले समस्याग्रस्त यस बैंकको जिम्मा लिने बताएपछि चिन्तित ग्राहकहरू बैंकका शाखाहरूमा पैसा झिक्न लामबद्ध हुन थालेका छन्।