प्रमको हत्या प्रयास असफल

0
Shares

खार्तोम, (एजेनसी)

सुडानको राजधानी खार्तोममा सोमबार भएको हत्या प्रयासबाट त्यहाँका प्रधानमन्त्री जोगिन सफल भएको सुरक्षा सूत्रले जनाएको छ। प्रधानमन्त्री अब्दल्ला हामडोकले चढेको सवारीसाधनमाथि आक्रमण भएको थियो।

उनले ट्वीट गर्दै आफू सडानका जनतालाई सुरक्षित र सकुशल रहेको जानकारी दिन चाहेको उल्लेख गरेका छन्। लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बासिरलाई अपदस्थ गरिएपछि गत वर्षको अगस्टमा मात्र हामडोकलाई सरकारको नेतृत्वको जिम्मेवारी दिइएको थियो।

उनले सुडानमा आएको राजनीतिक परिवर्तन नरुचाउनेहरूले मात्र यस्तो आक्रमण गर्न सक्ने बताएका छन्। उक्त आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। गत वर्षको रजनीतिक परिवर्तनसँगै विशेषगरी सेनालगायतका थुपै्र शक्तिशाली व्यक्तिहरूलाई पाखा लगाइएकाले सुडानको राजनीतिक स्थिति अझ निकै नाजुक रहेको छ।

प्रधानमन्त्रीका विशेष अधिकारी अलि बाखितले खार्तोमको उत्तरपूर्वी प्रवशेद्वारको कावेर पुलमा भएकोे विस्फोटमा कोही पनि घाइते नभएको पुष्टि गरेका छन्।