ट्रम्प सहभागी भएको सम्मेलनमा कोरोना संक्रमित ब्यक्ती

0
Shares

वासिङटन (एजेन्सी)

अमेरिका उच्च स्तरिय राजनितक सम्मेलनमा सहभागी भएका एक ब्यक्ती कोरोना भाइरस संक्रमित पाइएको छ। उक्त सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।

कन्जरर्भेटिव पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) राजनितिक अनुदारवादी देशहरुको सबैभन्दा ठुलो बार्षिक सम्मेलन हो, जसमा हजारौंको सहभागीता रहन्छ।

वासिङटन नजिक फेब्रुअरीमा भएको उक्त कार्यक्रममा ट्रम्प र पेन्स सहित कयौं क्याबिनेट सदस्य र ह्वाइट हाउसको शिर्ष अधिकार सहभागी भएका थिए। कार्यक्रम आयोजक अमेरिकन कन्जरभेटिव युनियनले रोग नियन्त्रण र रोकथाम केन्द्रलाई उदृत गदै शनिबार ट्विट गरेको छ, ‘ यो भाइरस सम्मेलन भन्दा अघि नै फैलिएको थियो। न्युजर्सीका एक अस्पतालले सहभागी एक ब्यक्तीको जाँचमा पोजिटिव पाएको बताएको छ।

ती ब्यक्ती राष्ट्रपति र उपराष्ट्रपतिको सम्पर्कमा नभएको र उनी प्रमुख सभा कक्षमा पनि सहभागी नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। तर युनियनका प्रमुख म्याट स्केल्पले वासिङटन पोस्टलाई आफुले संक्रमित ब्यक्तीसँग कुरा गरेको र सम्मेलनको अन्तिम दिनमा मन्चमा ट्रम्पसँग हात पनि मिलाएको बताए।

कोरोना भाइरस ह्वाइट हाउस नजिक पुगेको विषयमा सोधिएको एक प्रश्नको जवाफमा ट्रम्पले भने , म चिन्तित छुइन। ‘ कोरोन भाइरस फैलिरहे पनि उनको चुनाव अभियानको र्याली जारी रहेने उनले बताए।

अमेरिकामा भाइरस संक्रमित संख्या ४ सय नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। न्युयोर्कमा शुक्रबार संक्रमित संख्या ४४ बाट ७६ पुगेपछि त्यहाँका गभर्नरले आपतकाल घोषणा गरेको छ।

इजरायल ः केही हप्ताभित्र औषधी तयार पार्ने दावी

विश्वभरी तिब्र रूपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासकाबीच राहतपुर्ण समाचार आएकोछ। इजरायल सरकारले आगामी केही हप्तामा उनका वैज्ञानिकले कोरोना भाइरसको औषधी तयार पार्ने दावी गरेको छ।

त्यसको ९० दिन भित्र उक्त औषधी बजारमा आइसक्नेछ। इजरायली अखबार द जेरुसलम पोस्टले विज्ञान तथा प्रविधी मन्त्री ओफिर अकुनिसलाई उदृत गर्दै उक्त जानकारी दिएको हो। यसमा सफलता हासिल हुन्छ भने यो विश्वकै लागि ठुलो उपलब्धी हुनेछ। अहिले सम्म महामारीको रूप लिइरहेको यस संक्रमणको कुनै औषधी बजारमा आएको छैन।

विश्वका ९२ देशमा यो भाइरस पैmलिसकेको छ। यसका कारण ३ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

इटाली ः १ करोड ६० लाख नागरिकको आवागमनमा रोक
युुरोपमा कोभिड–१९ भाइरस महामारीको सबैभन्दा बढी चपेटामा परेको इटालीले संक्रमण रोक्न १ करोड ६० लाख नागरिकलाई अहिले आफु जहाँ छ त्यहीँ बसिरहन भनेको छ।
सरकारको आदेश अनुसार लोम्बार्डी र अन्य १४ प्रान्तका नागरिकले अब यात्रा गर्न अनुमति लिनु पर्नेछ। मिलान र भेनिस पनि कोरोनाको संक्रमणबाट प्रभावित भएको छ।
प्रधानमन्त्री ग्युसेप कोन्टेले देशभरीका स्कुल, जिम, म्युजियम, नाइटक्लब र अन्य स्थानलाई बन्द गर्न आदेश दिएको छ। चीन बाहिर यस प्रकारको कडा कदम अहिले मात्र इटालीले उठाएको छ , जुन अप्रिल ३ सम्म लागु हुनेछ। शनिबार कोरोनाको पुष्टि मामिलाको संख्या शुक्रबारको तुलनामा १ हजार २ सयले बृद्धी भई ५ हजार ८ सय ८३ पुगेको छ। इटालीको लोम्बार्डी प्रान्तको आवादी करिब एक करोड छ। नयाँ प्रतिबन्धका कारण नागरिकले न त लोम्बार्डीमा जान पाउँछ न त त्यहाँबाट बाहिर नै निस्कन पाउनेछ।

चीन ः अहिलेसम्मको सबैभन्दा कम मृत्यु
चीनमा कोराना भाइरसबाट आइतबार २७ जनको मृत्यु भयो। यो करिब १ महिनामा एक दिनमा भएको सबैभन्दा कम संख्या हो। जनवरीपछि यस विषाणुबाट संक्रमितको सख्यामा पनि पहिलो पटक ५० भन्दा कम मात्र आएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मृत्यु हुने सबै २७ जना कोरोनाको सबैभन्दा प्रभावित हुबेइ प्रान्तमा भएको जनाएको छ।
यसैबिच वुहान सहरबाट कोरोना संक्रमित एक बृद्धको ह«दय विदारक तस्विर बाहिर आएको छ। यसमा एक डाक्टर ८७ बर्षका कोरोना भाइरसबाट पिडित विरामीलाई अस्पताल बाहिर सुर्यास्त देखाइरहेको थियो। उक्त तस्विर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ। भाइरस प्रभावित विरामीलाई खुसी राख्न वुहानको अस्पतालमा मेडिकल स्टाफहरुले हर सम्भव प्रयास गरिरहेका छन्। सबै अस्पतालमा डान्स र ब्यायामको क्लास चलाइएको छ।

अष्ट्रेलिया ः गल्तीले १२ बर्षका लागि ट्वाइलेट पेपरको अर्डर
अष्ट्रेलियाका एक परिवारले गल्तीबस अनलाईन अर्डर गरी २ हजार ३ सय ट्वाइलेट रोल किनेको छ। यसको प्रयोग परिवारलाई १२ बर्षसम्म गर्न पुग्नेछ। अर्डर परिमाणमा ४८ रोल हुनु पर्नेमा ४८ बक्स हुन पुगेको टुवुम्बाका जेनेत्सकीले बताइन्। परिवारले २ हजार ३ सय ४ रोल ट्वाइलेट पेपर प्राप्त गरे। त्यसका लागि करिब ३ हजार अष्ट्रेलियन डलर भन्दा बढी भुक्तानी गर्नु परेको उनले बताए। कोरोनो भाइरसको सन्त्रास फैलिएपछि अष्ट्रलियामा ट्वाइलेट पेपरको खरिद बढेकोले बजारमा अभाव सृर्जना भइरहेको छ।