नेपालबाट अष्ट्रेलिया पुगेका बिद्यार्थीमा कोरोना भाइरस

0
Shares

सिडनी,(एजेन्सी)

अष्ट्रेलियाको स्वास्थ निकायले होवार्टमा कोरोना भाइरस संक्रमित देखिएका एकजना पुरुषले आइसोलेसनमा बस्न दिइउको निर्देशन पालना नगरेको बरु एउटा ठूलो होटेलमा आफ्नो नोकरी जारी राख्दै एउटा नाइटक्लव र रेस्टुरेन्टमा पनि जाने गरेको आइतवार जनाएको छ।

करिव २० वर्ष उमेरका ति युवक २६ फ्रेब्रुअरीमा नेपालबाट सिंगापुर र सिडनी हुँदै होवार्ट शहरमा पुगेको तास्मानियाका जन स्वास्थ सेवाका निर्देशक मार्क भेइचले संचारकर्मिलाई जानकारी दिएका छन्। आफ्नो यात्रा सकाएर गन्तव्यमा पुगेको भाोलिपल्टदेखि उनलाई रुघाखोकीको जस्तो लक्षण देखिएको थियो। तर उनले आफ्नो काम र व्यावशायिक विषयको पढाई हुने अष्ट्रेलियन आइडियल कलेज जाने गरेको बुझिएको छ।

ति नाम नखुलाइएका युवकले होवार्ट ग्रायन्ड चान्सलर होटेल र सोही होटेलको रेस्टुरेन्ट तास्मानमा सात सिफ्ट काम गर्ने गरेका छन्। स्थानिय समय अनुसार २९ फ्रेब्रुअरी देखि १ मार्च सम्म अपरान्ह ५ बजेदेखि बेलुका ११ बजेसम्म फुड एन्ड वेभरेज एटेनडेन्टको भुमिका निभाएका थिए। तर निर्देशक भेइचका अनुसार उनका सम्पूर्ण सिफ्ट जनसम्पर्क हुने खालका छैन। सो होटेलले उनको सम्पर्कमा आएको हुनसक्ने सबै कर्मचारी र तथा बिद्यार्थीहरुसंग सम्पर्क गरिसकेको छ।

मार्च ६ मा कार्गो रेस्टुरेन्ट एन्ड ओ बारमा राति १० बजेदेखि बिहान २ बजेसम्म बसेका ति युवकले केहि समय संसद भवनको चउरमा पनि बिताएका थिए। निर्देशक भेइचले भनेका छन् , ‘ उनको ड्युटीकोेबला डिनर लिनेहरुलाइ खतरा न्युन भएपनि हामीले तिनीहरुलाइृ थप सतर्कता अपनाउँदै डिनर खाएदेखिको दुई साता सम्म शारिरीक लक्षणमा विशेष ध्यान दिन अनुरोध गरेका छौं।

६ र्माचमा आफुमा कोरोना भाइरसको लषणहरु देखिएपछि तथा सोही साँझ रोयल होवार्ट हस्पिटलमा आफु संक्रमित भएको पुष्टि भएपछि उनले होटेलको टेलिफोन हटलाइनमा सम्पर्क गरेका थिए। भेइचले यो सुचना पाउना साथ उनलाई आइसोलेसनमा बस्न निर्देशन दिइउके तर उनी वेवास्ता गर्दै त्यसकाभोलिपल्ट देखि नै काममा जान थालेको पाइएको बताएका छन्।

भेइचले अगाडि बताए, उनले किन आइसोलेसनमा बस्न नमानेको हो भन्ने स्पष्ट भएको छैन। हामीलाई जहाँ सम्म लाग्छ उनले आइसोलेसनको आवश्यकता राम्ररी जानेका छन्।

कोरोना भाइरसको परिक्षणको परिणामा नआउँदा समम् पनि काम गर्नु वा सार्वजनिक गतिविधि जारी राख्नु स्विकार्य हुँदैन। अन्य मानिसहरुको जीवनलाई खतरा पु¥याएको अभियोगमा उनी विरुद्ध जन स्वास्थ कानुन अन्तर्गत कारवाही गरिन सक्ने विकल्प पन रहेको छ। ’ अहिले ति युवक बस्ने घरका चाजना सदस्य र उनका तीनजना साथीलाई चौंध दिने क्वारेन्टाइनमा राखिएको छ।

भेइचले स्वास्थ निकायले कलेजमा भएका उनका गतिविधिबारे पनि थप अनुसन्धान गरिने जानकारी दिएका छन्। भेइच भन्छन् , ‘ उनी होवार्ट स्थित आइडियल कलेजका विद्यार्थी हुन्। उनले पछिल्लो समयमा दुईचोटी कलेज कक्षा लिएको पाइएको छ। हामीले कलेजका शिक्षक तथा कर्मचारीहरुसंग यस विषयमा थप सोधपुछ र अनुसनधान गरिरहेका छौं।

आइडियल कलेजका कोर्स कोअर्डिनेटर सुसान वांगले भनेकी छन् , ‘ ति व्यक्ति ६ मार्चमा सााझ करिव ६ बजेर ४० मिनेट जाादा कलेजमा आइपुगेका थिए। अनुहारमा मास्क बााधेका उनले आफुले भर्खरै कोभिड – १९ को परिक्षण गराएको र त्यसको परिणाम आउन बाँकी नै रहेका बताएका थिए।

यस्तो अवस्थामा त क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले हाम्रा कलेजका ट्रेनरले उनलार्इृ तत्काल कलेजबाट गइहाल्न आदेश दिएका थिए। त्यो दिन उनको ट्रेनरसंग बाहेक अरू कसैसंग भेटघाट भएको थिएन। ट्रेनरसंग पनि उनले त्यस्तै करिव ३० सेकेन्ड मात्र कुरा गरेका थिए। ’

वाँगले थप जानकारी दिँदै भनेकीछन् , ‘ लिडरसिप र म्यानेजमेन्ट विषयमा एडभान्स डिप्लोमा गरिरहेका उनको अन्य एक जना बिद्यार्थीसंग नजिकैबाट केहिबेर सम्पर्क भएको र अन्य दुइजनासंग लामो समय सम्पर्क रहेको बुझिएको छ। यस घटना लगत्तै कलेजले स्वास्थ निकायसंग सम्पर्क गरी आवश्यक निर्देशनहरु पालना गर्दै आएको छ। ’

यो कलेज मंगलवार देखि खुल्दैछ। स्वास्थ निकायले कतै ति व्यक्तिले उडानमा पनि कसैलाई भाइरसको खतरा त छाडेनन् भनेबारे बुझ्न अहिले उनको उडान विवरण परिक्षण गरिरहेको छ। अष्ट्रेलियाको तास्मानियामा अहिले सम्म १ सय १४ जना मानिस कोरोना भाइरस पोजिटिभ भेटिएका छन्।