एकै परिवारका दुई सहित बंलादेशमा पनि देखियो तीन जनामा कोरोनाको संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोनाको संक्रमणको खतरामा विश्व नै तरंगित भईरहेका बेला फेरी बंलादेशमा पनि तीन जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको द डेली स्टारको अनलाइन संस्करणले जनाएअनुसार छ ।

संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ । यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन । गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म एक सय भन्दा धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाका कारण इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३६ सय जनाको ज्यान गइसकेको छ भने अरु एक लाख भन्दा धेरै संक्रमित छन् ।