भारतको केरलामा पनि पाँच जनामा कोरोना संक्रमण देखिएको पुष्टि,भारतमा संक्रमितको संख्या ३९ पुग्यो

0
Shares

नयाँ दिल्ली ।

विश्वभर कोरोना अर्थात् कोभिड-१९ को संक्रमणको खतार बढे्दै गएका बेला भारतमा कोरोना पनि कोरोनाबाट संक्रमितको संख्या ३९ पुगेको छ । केरलाका स्वास्थ्य मन्त्री केके साहीलाजाले केरलामा थप पाँच कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि गरेकी हुन् । उनले उनीहरुलाई अस्पताल लगेर उपचार थालिएकोसमेत बताएकी छन् ।

“यहाँ भेटिएका पाँच कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । जसमध्ये तीनजना इटालीबाट फर्किएकाहरु छन् भने दुई जना पथानमथिट्टा जिल्लाका रहेको छन्,” केके सहीलाजाले भनिन् ।

संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले शनिबार भारतमा तीनजना कोरोनाका नयाँ संक्रमित भेटिएको बताएका थिए । शनिबार भेटिएका तीन कोरोना संक्रमितमध्ये दुई जना इरानबाट फर्किएका लद्दाखका रहेको र एकजना ओमानबाट फर्किएका तमिलनाडुका रहेको बताएका छन् । त्यसैगरी पञ्‍जाबमा पनि दुईजनालाई कोरोनाको संक्रमण भएको पाइएको हो । उनीहरु दुवैजना इटालीबाट फर्किएका थिए । दुवैजनालाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको छ ।

मार्चसम्ममा विभिन्‍न मुलुकबाट सात हजार १०८ फ्लाइटबाट फर्किएका सात लाख २६ हजार १२२ मानिसहरुको विमानस्थलमा कोरोना जाँच गरिएको थियो । मुलुकभर ५२ वटा अस्पतालमा कोरोनाको जाँच र उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को समीक्षाका लागि मन्त्रीसँग छलफल गरेका थिए । – डीएनए इन्डियाबाट