निशा सम्मानित

0
Shares

काठमाडौं, (नेस)
न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ। सो डोजाङबाट उत्पादित खेलाडी निशालाई प्रमुख अतिथि प्रदेश–३ का सांसद राजकाजी महर्जन र डोजाङ प्रमुख थानेश्वर दर्लामी मगरले नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन्। निशाले १३औं सागमा महिला टिम पुम्सेतर्पm १७ देखि २३ वर्ष उमेरसमूहमा नेपाललाई स्वर्ण दिलाएकी थिइन्।