होटल एक्बेस्डरले स्थापना दिवस मनायो

0
Shares

एसीई होटल्सद्वारा सञ्चालित होटल एक्बेस्डरले तेस्रो पुनरागमन तथा ४२औं स्थापना दिवस मनाएको छ। एम्बेस्डर लैनचौरमा रहेको चारतारे बुटिक होटल हो। यसले विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल रहेको होटलले सञ्चालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जापानिज खान मन पराउने माझ लोकप्रिय छ।
एसीई होटलअन्तर्गत क्लब हिमालयन र होटल एम्बेस्डर गरी दुई होटल सञ्चालनमा रहेका छन्। होटल एम्बेस्डरमा मात्रै करिब एक सय करोड लगानी रहेकों। लगानी विस्तार गर्दैे छिट्टै नयाँ हल थप्ने योजना कम्पनीको छ। त्यस बाहेक सीई कन्सट्रक्सनसंँगको साझेदारीमा लुम्बिनी र नगरकोटमा होटल हब सञ्चालन गर्ने समझदारी समेत भएको छ। होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कम्प्लेकस, मुभी स्टेशन पनि समावेश हुन्छन्।