कोरोनाको प्रकोपमा विश्व

0
Shares

कोरोना भाइरस संक्रमण ९७ देशमा फैलिसकेको छ भने विश्वका १६ देशमा अहिलेसम्म ३ हजार ४ सय ९७ जनाको मृत्यु भइसकेको छ। विश्वभरि संक्रमित संख्या १ लाख २ हजार २ सय ५७ पुगिसकेको छ।
चीन ः चीनमा मात्रै संक्रमित संख्या ८० हजार ६ सय ६० नाघेको छ भने यहाँ ५५ हजार ४ सय ५० भन्दा बढीले उपचारबाट स्वास्थ्य लाभ गरिसकेका छन्। सामाजिक सन्जालमा कोरोना भाइरससँग सम्बन्धित म्यासेज तथा भिडियोमाथि निगरानी गरिएको छ। जसका मातापिता संक्रमित छन्, उहान चिल्ड्रेन हस्पिटलका स्टाफले तिनीहरू बच्चाको सम्पूर्ण ख्याल गर्दै आइरहेको छ।
कोराना भाइरस प्रकोपको सबैभन्दा चपेटामा परेको चीनमा गाडीको खुद्रा बिक्रीमा ८० प्रतिशत गिरावट आएको छ। फोक्सवागन एजी, टेस्ला इलेक्ट्रिक कारलगायत साना कम्पनीका गाडीहरूको बिक्री र उत्पादन अत्यन्त न्यून हुन पुगेको छ। टोयाटा गाडीको बिक्रीमा ७० प्रतिशतले गिरावट आएको छ।
डब्ल्यूएचओ ः हातले अनुहार नछुने हो भने संक्रमणको खतरा ४० प्रतिशतले कम हुने एक अनुसन्धानले दाबी गरेको छ। डब्ल्यूएचओले फोहोर नोटबाट नै यो भाइरस फैलिरहेको ठूलो कारण हुन सक्ने जनाएको छ।
इजयराय ः कोरोना भाइरस संक्रमणका कारण अभिवादनमा हात मिलाउन खतरा हुने भएकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना देशका नागरिकसँग अभिवादनमा हात मिलाउनु सट्टा नमस्ते गर्न अपिल गरेका छन्। इजरायलले ५ देश फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, स्पेन र अस्ट्रियामा आवतजावत गर्ने उडानमा रोक लगाएको छ।
इटाली ः इटालीमा सबै स्कुल, कलेज र विश्वविद्यालय मार्च १५ सम्म बन्द गरिएको छ। सरकार चुम्बनमाथि पनि प्रतिबन्ध लगाउने सोचमा छ।
बेलायत ः कोरोना भाइरसको डरले केही दिन काममा आउन नचाहने कर्मचारीलाई बिदामा जानुअघि नै बिरामी भत्ता दिने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरेका छन्। अनलाइन कक्षा सञ्चालनका लागि सोच भइरहेको छ। चुम्बन गर्नमा चेतावनी दिइएको छ।
इरान ः इरानमा शुक्रबार हुने सबै जुमेको नमाज रद्द गरियो। सरकारले जेलमा बन्दी रहेका ५४ हजार कैदीहरूलाई केही समयका लागि रिहा गर्ने फैसला गरेको छ। कोरोना भाइरसको जानकारी दिन एक वेबसाइट बनाइएको छ। एक विशेष अस्पताल पनि खोलिएको छ।
अमेरिका ः फ्लोरिडा राज्यमा कोरोनाबाट दुई जनाको मृत्यु भएपछि अमेरिकामा यस संक्रमणबाट मर्नेको संख्या १७ पुगेको छ। अमेरिकाको न्युयोर्कमा प्रशासनले १५ लाख मास्क वितरण गरेको छ। कोरोना बिरामीका लागि अस्पतालमा १ हजार २ सय बेडको व्यवस्था गरिएको छ। वासिङ्टनको एक जिलामा सबै स्कुल बन्द गरिएको छ।
जापान ः जापान सरकार टोक्यो ओलम्पिक तिथि सार्ने सोचमा पुगिसेकेको छ। सरकारले २०२० टोक्यो ओलम्पिकको आयोजन तिथि सार्न वा रद्द गर्ने विषयमा विचार भइरहेका जानकारी दिएको छ।
फ्रान्स ः फ्रान्सको ओइसी क्षेत्रमा १ सय स्कुल बन्द गरिएको छ। पेरिसस्थित लुभ्र म्युजियम, मिलानको ला स्केला ओपेरा हाउस पनि बन्द गरिएको छ।
अस्ट्रेलिया ः अस्ट्रेलियाको अखबार एनटी न्युजले देशमा ट्वाइलेट पेपरको अभाव भएपछि १ सय पृष्ठको एक विशेषांक निकाल्ने निर्णय गरेको छ। यसबाहेक अन्य कयौं अखबारले पनि आफ्नो पृष्ठ बढाउन विचार गरिरहेको छ। कोरोनाको डरले नागरिकहरू ट्वाइलेट पेपर जम्मा गरिरहेका छन्।
हङकङ ः सरकारले पाल्तु जनावरलाई चुम्बन नगर्न भनेको छ। पटकपटक हात धुन, हाछ्यँुं गर्नेबाट १ मिटरको दूरीमा रहन भनेको छ।
भारत ः जयपुरमा १० तल्लाको एक अस्पतालमा कोरोना संक्रमित भर्ना गरिएपछि त्यहाँ रहेका सबै बिरामी २४ घण्टाभित्रै डिस्चार्ज लिएर घर गएका छन्।