कोरोना भाइरसविरुद्धको खोप विकास अझै अनिश्चित

0
Shares

बेइजिङ, (एजेन्सी)
चीनको उहानबाट फैलिएको कोरोना भाइरस कोविड–१९ अब विश्वको ९७ देशमा फैलिसकेको छ। चीनमा भने यो फैलिने क्रममा तीव्ररूपमा कमी आएको छ। चीनमा यसको फैलिने क्रम १८ गुणाले कम भइरहेको छ तर चीनबाहिर बाँकी विश्वमा भने १८ गुणाले फैलिरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो घटनाको पुष्टि २०१९ डिसेम्बर ३१ मा भएको थियो। त्यसपछि तीव्र गतिमा भाइरस फैलिन थालेकोले सन् २०२० जनवरी ३० मा यसलाई जनस्वास्थ्य आपत्कालीन घोषणा गरियो।
शुरूमा यस भाइरसका बारेमा धेरै जानकारी थिएन। यसै कारण यसको उपचार तत्काल उपलब्ध हुन सकेन। यद्यपि अहिलेसम्म पनि यसको उपचार छिट्टै उपलब्ध हुने संकेत आइरहेको छैन।
विश्व स्वास्थ्य संगठनसहित कयौं देशमा चिकित्सकहरू यस संकटबाट मुक्ति पाउने खोपको खोजीमा लागेका छन्। तर, यो खोप कहिलेसम्म बन्छ भन्ने
विषयमा कुनै संकेत देखिएको छैन।
यो भाइरसको खोप शोध गरिरहेका डाक्टरहरूले यसको खोप बनाइसकेको र जनावरमा यसको परीक्षण पनि शुरू गरिसकेको दाबी गरिरहेका छन्। सबै पक्ष सही भएमा यसै वर्ष मानवमा पनि यसको परीक्षण शुरू गर्न सकिने उनीहरूले बताएका छन्।
कोरोना भाइरसका लागि खोप विकसित भएकोमा वैज्ञानिकहरू खुसी छन् भने पनि ठूलो परिमाणमा यसको उत्पादन शुरू हुन अझै समय लाग्नेछ। यसको अर्थ अझै पनि अर्को वर्षसम्ममा यो खोप बजारमा उपलब्ध हुन्छ नै भन्न सक्ने अवस्था छैन।
कोरोना भाइरस कोविड–१९ को नियन्त्रणका लागि तीव्र गतिमा काम भइरहेको छ र खोप विकास गर्नमा पनि फरक फरक उपाय अपनाइरहेका छन्। अहिलेसम्म यसको खोपलाई लिएर कुनै ग्यारेन्टी गर्न सक्ने अवस्था भने छैन।
अहिलेसम्म ४ प्रकारका कोरोना भाइरस पत्ता लागिसकेका छन्, जसले मानवलाई संक्रमण गर्न सक्छ। यो भाइरसका कारण रुघा खोकीको लक्षण देखिन्छ। यदि कोरोना भाइरसको खोप विकसित भयो भने पनि वृद्धहरूमा यसको असर कम हुन सक्छ। तर यसको कारण भने खोप नभएर उनीहरूको रोग प्रतिरोधक क्षमता हो। किनभने धेरै उमेर हुनुले व्यक्तिको रोग प्रतिरोधक क्षमता पनि कम हुने गर्छ।
हरेक वर्ष रुघाको संक्रमणमा पनि यी कुराहरू देख्न सकिन्छ। सबै औषधीको दुष्प्रभाव पनि हुन्छ। जरोका लागि आमरूपमा प्रयोग हुने पारासिटामोलजस्ता औषधीको पनि दुष्प्रभाव हुन्छ।
हालै केही सञ्चारमाध्यमले चीनमा सेनाका स्वास्थ्य वैज्ञानिकले खोपको विकास गरिसकेको समाचार बाहिर आएकोे छ र त्यसको परीक्षण उक्त टोलीका प्रमुखले आफैमाथि गरेको बताइएको छ। तर यसको आधिकारिक पुष्टि गरिएको छैन।
जबसम्म कुनै खोपको क्लिनिकल परीक्षण हुँदैन त्यसले केकस्तो असर पार्न सक्छ, थाहा पाउन कठिन हुन्छ।
अहिलेसम्म कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय राम्रो सरसफाइ नै हो।
यदि कसैलाई कोरोना भाइरस संक्रमण हुन्छ भने पनि यो सामान्य संक्रमण जस्तो देखिनेछ। चिकित्सकीय उपचारमा कयौं प्रकारका एन्टी भाइरलको प्रयोग हुन सक्छ तर ती सबै कोरोना भाइरसमा पनि प्रभावकारी हुन्छ, भन्न कठिन हुन्छ।
कोरोना भाइरसको मामिलामा अहिले नयाँ खोप विकास गरिरहेका छन् र त्यसका लागि नयाँ तरिका प्रयोग भइरहेको छ। यसको अहिलेसम्म कमै मात्र परीक्षण हुन सकेको छ। नयाँ कोराना भाइरस सार्स सीओभी–२ को कोड अब वैज्ञानिकहरूलाई थाहा छ र खोप विकसित गर्न एक पूरा ब्लुप्रिन्ट तयार छ।
खोप बनाउने केही चिकित्सकहरू भाइरसको जेनेटिक कोडको केही हिस्सा लिएर त्यसबाट नयाँ खोप तयार गर्ने प्रयासमा पनि छन्। कयौं डाक्टरले उक्त भाइरसको मूल जेनेटिक कोडको प्रयोग गरिरहेका छन् जुन एक पटक शरीरमा गएपछि भाइरल प्रोटिन बनाउँछ र शरीरले उक्त भाइरससँग लड्न सिकाउँछ।
३० हजार बालबालिका स्कुलबाट वञ्चित
कोरोना भाइरसका कारण मानिसहरूको स्वास्थ्यमा असर त परिरहेकै छ, बच्चाहरूको पढाइलाई पनि नोक्सान पु¥याइरहेको छ। इटालीले देशभरका स्कुल बन्द गरेको छ। फ्रान्सले १ सय २० स्कुल बन्द गरेको छ। युनेस्कोको ताजा रिपोर्टअनुसार विश्वभरिमा ३० करोड बच्चा संक्रमणको डरले स्कुल जान पाएका छैनन्। अहिलेसम्म १४ देशका विद्यालय पूर्णरूपमा बन्द गरिसकिएको छ। त्यसैगरी ९ देशमा आवश्यकताअनुसार विद्यालय बिदा गरिएको छ।
स्वस्थ भइसकेपछि पनि पुनः संक्रमण
कोरोना भाइरसको संक्रमणबाट स्वस्थ भइसकेपछि पनि पुनः बिरामी भइरहेका छन्। उहानका डाक्टरहरूले कयौं बिरामी पुनः भर्ना भइरहेको स्वीकार गरेका छन्। उनीहरूमा भाइरसको लक्षण पुनः देखिएको थियो। वैज्ञानिकहरूका अनुसार भाइरसको एस टाइपका कारण संक्रमण तीव्ररूपमा फैलिरहेको छ। एस टाइपको कोरोना भाइरस एल टाइपबाटै उत्पन्न भएको हो। उहानमा जनवरी ७ भन्दा अघि एल टाइप भाइरसमात्र थियो। पछि एस टाइपमा परिवर्तन भयो र संक्रमणमा अचानक तीव्रता आयो।