प्रेस संगठनको कार्यक्रममा अल्का अस्पतालद्वारा तापक्रम मापन

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

प्रेससंगठन नेपालले ललितपुरमा आयोजना गरेको उपत्यका प्रदेश कमिटीको पहिलो भेला र सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सहित सबैको टेप्परेचर गन प्रयोग गरी शरिरको ताप मापन गरिएको थियो । कोरोनाले विश्वभर आतंक फैलाएको र नेपालमा पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रेस संगठन ललितपुरले सबैको ताप मापन गरेको थियो ।

अल्का अस्पतालको विशेषज्ञ सहितको टोलीले कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ , नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य , प्रेस संगठनका इन्चार्ज एवं सांसद राजेन्द्र गौतम, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापा लगायतका टेम्परेचर मापन गरिएको थियो ।

भेलामा अतिथिको रुपमा आउनुभएका नेकपा बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहाल, न्युनतम पारिश्रमिक समितिका अध्यक्ष तथा पूर्वसंगठनका अध्यक्ष राजेन्द्र अर्याल, नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल,संगठनका केन्द्रीय संयोजक महेश्वर दाहाल, संगठनका सहसंयोजक गणेश बस्नेत, संगठनका पूर्वअध्यक्ष गगन विष्ट, संगठनका केन्द्रीय नेता बलराम थापा, उपत्यका प्रदेश कमिटी इन्चार्ज सूरोजंग पाण्डले, संयोजक नवराज दाहाल लगायत भेलामा सहभागी हुनभन्दा अघि त्यहाँ खटेका चिकित्सकहरुको टोलीले तापक्रम मापन गरेपछि मात्र कार्यक्रम स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको थियो ।

सहभागि सबैको तापक्रम मापन गर्ने कार्यक्रमको सबैले तारिफ गरेका थिए । प्रेस संगठन ललितपुरले सञ्चार माध्यमले आयोजना गरेको कार्यक्रममा पहिलो पटक टेम्परेचर गन प्रयोग गरी शरिरको तापक्रम मापन गरिएको हो । कार्यक्रममा कसैको पनि तापक्रम बढी नरहेको अस्पतालले चिकित्साकले जनाएका थिए । सो कार्यक्रममा ३ सय ३५ जनाको तापक्रम मापन गरिएको थियो ।