विद्यालय बन्द गर्ने निर्णयबाट पछि हट्यो धनगढी उपमहानगरपालिका

0
Shares

न्युज अफ नेपाल,धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका विद्यालय बन्द गर्ने निर्णयबाट पछि हटेको छ ।उपमहानगरपाकिाका मृेयर नृपबहादुर वडले कोरोनाको त्रास बढेको भन्दै आईतबारदेखि सम्पूर्ण बिद्यालयमा बिदा दिन निर्देशन दिएका थिए ।

उनले शुक्रबार एक बिज्ञप्तिमार्फत् कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरेका थिए ।१०७ निजी र ७३ सामुदायिक विद्यालय रहेको उपमहानगरपालिका बिदाको निर्देशन दिएको दोस्रो दिनमै निर्णयबाट पछि हटेको हो । मेयर वडले फेरी अर्को विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न निर्देशन दिएका छन् ।

सङ्घीय सरकारको शिक्षा मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । तर धनगढीले परीक्षा समेत स्थगित गरेर विदा दिने निर्णय गरेपछि आलोचना भएको थियो ।

उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।