हङकङमा क्वारेन्टाइनको नियम नमान्ने १७ जना भाग्दा भाग्दै पक्राउ

0
Shares

हङकङ।

क्वारेन्टाइनको नियम पालना गर्न निर्देशन पाएका १७ नागरिक हङकङ छाडेर भाग्न खोज्दा पक्राउ परेका छन्।हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले शनिबार १७ जनालाई सिमानाबाट पक्राउ गरिएको जानकारी दिइन्।

उनीहरुलाई अध्यागमन विभागका कर्मचारीहरुले नियन्त्रणमा लिएर सरकारी अधिकारीको जिम्मा लाएका छन्।हाल उनीहरुलाई सरकारी क्वारेन्टाइनमा राखिएको छ। हाल हङकङले क्वारेन्टाइनको नीति अबलम्ब गरेको छ।

यो नीतिअनुसार चीनबाट हालै हङकङ प्रवेश गरेकाले घरमै क्वारेन्टाइनको नियम पालना गरेर बस्नुपर्छ सरकारको निर्णय नआएसम्म हङकङ छाडेर जान पाइनेछैन।

हाल हङकङमा १०८ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ २ जनाको मृत्यु भइसकेको छ।

सीएनएन