बस र कार ठोक्किदा ७ जना घाईते

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ५ खहरेखोलामा यात्रु बाहक बस र कार ठोक्किदा सात जना यात्रु घाईते भएका छन् ।

काठमाण्डौबाट सिन्धुलीको खुर्कोट तर्फ आउदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेको बा २० च ३४९८ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा हुदा कारमा सवार चालक सहित ५ जना र बसमा सवार ३० जना यात्रु मध्ये २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । घाईतेहरुको उपचारका लागि खुर्कोट तर्फ पठाएको उहाँले जानकारी दिनुभयो ।