दुर्लुङ्गमा एक सातादेखि चितुवा आतंक

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमा एक साता देखि चितुवाको आतंक फैलिएको छ । रातको समयमा घरघरमा आएर पशु चौपाय मार्न थालेपछि दुर्लुङ्गका बासिन्दाहरु त्रसित भएका हुन ।

दुर्लुङ्गको घोगेनी गाउँमा चार दिनको अबधीमा लगातार चितुवा आउने र पशु चौपाय मार्न थालेको वडा सचिब तथा स्थानियबासी यामनाथ शर्माले जानकारी दिनुभयो । चितुवाले बुधबार राती स्थानिय राधिका शर्माका चार वटा बाख्रा मारेको छ भने मंगलबार राती हरिप्रसाद शर्माको बाख्रालाई आक्रमण गरेको छ ।

‘बिहीबार राती तीन वटा चितुवा एकैपटक आएपछि गाउँलेले लखेटेका कारण पशु चौपायलाई आक्रमण गर्न पाएनन’ उहाँले भन्नुभयो ।

दैनिक रुपमा चितुवा आउन थालेपछि मानिसलाई समेत आक्रमणको चिन्ता बढेको छ । रातको समयमा घर बाहिर निस्कन पनि डर भएको उहाँको भनाई छ ।