पूर्णबहादुरलाई आर्थिक सहयोग

0
Shares

लमजुङ, (नेस)
मृगौला प्रत्यारोपण गरेका लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ ढगैंका २१ वर्षीय पूर्णबहादुर गुरुङलाई नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको छ। ३३ जनाबाट संकलन गरिएको ४४ हजार १ सय १५ रुपियाँ गुरुङलाई प्रदान गरिएको नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्च पूर्वएमालेका अध्यक्ष नन्दराज गुरुङको भनाइ छ। मृगौलाको समस्या भएका युवाको औषधि खर्चमा सहज बनाउन सहयोग गरिएको सम्पर्क मञ्चका अध्यक्ष गुरुङले बताउनुभयो। संविधानसभा सदस्य जमिन्द्रमान घलेले २ हजार, गुणराज घिमिरेमार्फत १० हजार सहयोग प्राप्त भएको थियो। त्यस्तै सहयोग गर्नेमा नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडीले ५–५ हजार रुपियाँ सहयोग गर्नुभएको छ। दुवै मृगौला फेल भएका ढगैंका पूर्णबहादुर गुरुङको ७ महिनाअघि शिक्षण अस्पताल काठमाडौंमा मृगौला प्रत्यारोपण गरिएको थियो।
लागूऔषधसहित युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवक पक्राउ गरेको छ। बेंसीशहर नगरपालिका ८ दनाइफाँट बस्ने वर्ष १९ का अनिल थापालाई लागूऔषधसहित पक्राउ गरेको हो। लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार थापालाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको हो। उनको साथबाट नर्फिन २० थान, फेनारगन २१ थान, केरेजक २१ थान र ट्रमा ट्याबलेट ७५ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गुरुङको भनाइ छ। पक्राउ परेका थापालाई जिल्ला अदालत लमजुङबाट शुक्रबार पहिलोपटक १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी गुरुङले बताउनुभयो।