कृतिलाई ताज


भरतपुरको टप वान मिडिया प्रालिद्वारा आयोजित सौन्दर्य प्रतियोगितामा कृति चौधरीले मिस ब्युटी अफ चितवनको ताज जितेकी छन्। उनी मिस पपुलर र वेस्ट फिगर पनि भइन्।
प्रतियोगितामा नविना कँडेल फस्ट रनर्सअप र भ्युवर्स च्वाइस तथा रस्मिता अधिकारी सेकेन्ड रनर्सअप भए। त्यसै गरी प्रतीक्षा अधिकारी अर्गनाइजर च्वाइस, मिस कन्फिडेन्स र बेस्ट वाक, खुसी सुनुवार बेस्ट आइज, कमला खत्री मस्ट फोटोजेनिक, सुस्मिता काफ्ले मस्ट ट्यालेन्टेड र सीता सापकोटा मिस डिसिप्लेन भए।
प्रतियोगितामा नायिका अनिता केसी र सोनी बिसी, फिल्म निर्माता वसन्त शर्मा र रंगकर्मी रफि शाह निर्णायक रहेका थिए।