निरुता स्पिन्ज एक्टिभ गर्ल


विभिन्न कलेजमा अध्ययनरत छात्राहरूबीच राजधानीमा आयोजित प्रतियोगितामा टेक्सास इन्टरनेसनल कलेजकी निरुता श्रेष्ठ स्पिन्ज एक्टिभ गर्ल–२०२० घोषित भएकी छिन्।

नारी सौन्दर्य प्रसाधन सम्बद्ध उत्पादनहरूको बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित स्पिन्ज नेपालको प्रवद्र्धनका लागि गरिएको प्रतियोगितामा हिमालयन ह्वाइट हाउस कलेजकी प्रियंका मण्डल द्वितीय र शुभश्री कलेजकी कोमल ढकाल तृतीय भएका छन्। उपाधि विजेताहरूलाई पूर्वमिस नेपाल वल्र्ड सदीक्षा श्रेष्ठले पुरस्कार प्रदान गरेकी थिइन्।

पाटनको ऐतिहासिकस्थल दरबार स्क्वायरमा बहुमूल्य वस्तुको खोजीका साथ रोमाञ्चकारी समाप्तिबाट भएको प्रतियोगिताको फाइनलमा यो खोजीले उनीहरूलाई युवतीको सुरागहरू खोज्न र स्पिन्ज एक्टिभ गर्ल उपाधि हासिल गर्न उच्च दक्षतासहितको कार्यहरू प्रदर्शन गर्न प्रेरित गरेको थियो। प्रतियोगितामा १८ युवतीले अत्यन्त मनोरञ्जनका साथ एक–आपसमा प्रतिस्पर्धा गरेका थिए।

स्पिन्जको वास्तविक भावनालाई आत्मसात गर्ने नेपाली सफल महिलाको सम्मानस्वरूप स्पिन्ज एक्टिभ गर्ल–२०२० को फिनालेमा एसियन गेम्स २०१९ का विजेता महिलालाई पुरस्कृत पनि गरिएको थियो।

कार्यक्रममा उसुतर्फकी खेलाडी निमा घर्ती मगर, तेक्वान्दोतर्फकी संगीता बस्याल, जुडोकी पुनम श्रेष्ठ, कराँतेकी अनु अधिकारी र भारोत्तोलनकी सञ्जु चौधरीलाई सम्मानित गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै केभिन केयरको नेपालका लागि कन्ट्री प्रमुख अमित गुप्ताले स्पिन्जले एक ब्रान्डका रूपमा नारीलाई स्वतन्त्र जीवन उत्साहजनक ढंगबाट जिउन अभिप्रेरित गर्दै आएको चर्चा गरे।

स्पिन्ज एक्टिभ गर्ल–२०२० प्रतियोगिताका लागि बितेका महिनाहरूमा काठमाडौंका १६ कलेजका १० हजारभन्दा विद्यार्थीले सहभागिता जनाएका थिए। जसमध्ये अन्तिम चरणको प्रतियोगिता रोमाञ्चकारी तवरमा सम्पन्न भएको थियो। प्रतिस्पर्धीलाई उनीहरूको जीवनप्रतिको दृष्टिकोण र उनीहरूको सक्रिय परिणामका आधारमा मूल्यांकन गरिएको थियो।

उनीहरूलाई आत्मरक्षाका लागि व्यावहारिक एवं अमूल्य सत्रमा समेत लगिएको थियो। यसपछि उनीहरूको सीप तथा कार्य क्षमतालाई रमाइला क्रियाकलापहरू जस्तै साइक्लिङ, स्किपिङ, बास्केटबल, नृत्य जस्ता प्रक्रियाका साथ चुनौती दिइएको थियो।

प्रत्येक कलेजबाट एक–एक जना विजेता चयन गरिएको थियो। यसका साथै एक डिजिटल प्रचार अभियान पनि चलाइएको थियो, जहाँ युवतीलाई उनीहरूको सक्रिय एवं स्वस्थ जीवनको कथा सुनाउन आमन्त्रण गरिएको थियो।