एकेडेमिया र भक्तपुर अन्तिम आठमा

0
Shares

काठमाडौं, (नेस)

एकेडेमिया र भक्तपुर बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। एकेडेमियाले प्राइमलाई ५ विकेटले र भक्तपुरले आयोजक न्यु समिट कलेजलाई ४ विकेटले स्तब्ध बनाउँदै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेका हुन्।

मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्राइमले निर्धारित १६ ओभरमा अल आउट हुँदै ७६ रन बनाउन सक्यो। एकेडेमियाका चिन्तामणि विश्वकर्माले घातक बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिएका थिए। एकेडेमियाले सामान्य ७७ रनको लक्ष्य पाए पनि १५ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा कठिन जित निकाल्यो।

न्यु समिट कलेजको आयोजनामा भएको दोस्रो खेलमा भक्तपुर बहुमुखी क्याम्पसले टस जितेर फिल्डिङ रोजेपछि क्रिजमा उत्रिएको आयोजक न्यु समिटले १६ ओभरको खेलमा ६ विकेटको नोक्सानीमा ९० रन जोड्यो। सुनिल खड्काले सर्वाधिक २४ रनको योगदान दिए। भक्तपुर क्याम्पसले १५ ओभरमा ६ विकेटको नोक्सानीमा ९३ रन बनायो। भत्तपुरका लागि अलराउन्ड प्रर्दशन गरेका गजेन्द्र पाण्डे बलिङतर्फ ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिँदा ब्याटिङतर्फ पनि नटआउट ४१ रन जोड्दै म्यान अफ द म्याच बन्न सफल भए।