देहिमाडौं च्याम्पियन

0
Shares

विनोद सिंह विष्ट, बैतडी

दनपा २ देहिमाडौंले तेस्रो संस्करणको उपमेयर कप टी २० महिला क्रिकेटको उपाधि जितेको छ। दनपा ४ खलंगालाई ७ विकेटले स्तब्ध पार्दै देहिमाडौंले लगातार दोस्रोपटक उपाधि हात पारेको हो। उपाधिसँगै विजेता टोलीले ४५ हजार र उपविजेताले ३० हजार नगद प्राप्त गरे।

बिहीबार भएको फाइनल खेलमा खलंगाले दिएको ३४ रनको झिनो लक्ष्य देहिमाडौंले ७ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो। जसमा बबिता बोहराले ९ र मानबी बोहराले ८ रनको योगदान गरे। खलंगाकी मन्जु बोकटी र निशा भट्टले १/१ विकेट हात पारे।

निंग्लाशैनी खेलमैदानमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको खलंगा ९ दशमलव १ ओभरमा ३३ रनमा समेटियोको थियो। टोलीका लागि भावना बोहराले सर्वाधिक ११ रन जाडेकी हुन्। खलंगालाई सस्तैमा समेट्न देहिमाडौंका निर्मला बोहराले ह्याट्रिकसहित ७ विकेट हात पारिन्। यस्तै, बबिता बोहराले २ विकेट लिइन् भने निर्मला बोहरा ‘ओम्यान अफ द फाइनल’ घोषित भइन्।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १ सय ३४ रन र ११ विकेट हात पारेका देहिमाडौंका बबिता बोहरा ओम्यान अफ द सिरिज भइन्। उनले ८ हजार पुरस्कार गरिन्। यस्तै, १२ विकेट लिने देहिमाडौंकी निर्मला बोहरा बेस्ट बलर भइन् भने प्रतियोगिताभर १ सय २३ रन बनाउने खलंगाकी मञ्जु बोकटी बेस्ट ब्याट्स ओम्यान चुनिइन्।