आगामी खेल नहुने

0
Shares

काठमाडौं, (नेस)

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवारको अध्यक्षतामा भएको बैठकले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सञ्चालन हुने सबै किसिमका प्रतियोगिता स्थगित गर्ने निर्णय लिएको छ। कोभिड १९ (नोभल कोरोना भाइरस) ले पार्ने प्रभाव एवं जोखिमलाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा बैठक भएको हो। यी खेलकुद प्रतियोगिता अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको जनाएको छ।