ईपीएल स्थगित

0
Shares

काठमाडौं, (नेस)

यही चैत १ गतेदेखि १५ गतेसम्म हुने तय भइसकेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ।

ईपीएलका प्रमुख अमिर अख्तरले कोरोना भाइरसका कारण जोखिम लिन नसक्ने भएको बताउँदै प्रतियोगिता स्थगित गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्। अख्तरले बताए –‘यो कठिन निर्णय हो, हामीले सबैसँग कुरा गरेर यो निर्णय लिएका हौं। अब आगामी दिनमा हामीले कोरोना र नेपाली क्रिकेट टोलीको कार्यतालिका हेरेर निर्णय लिने छौं।’

यस संस्करणको ईपीएलमा विश्वकै सर्वाधिक चर्चित र लिजेन्ड खेलाडी क्रिस गेल आउने तयारी भएको थियो। प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इलेभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरी ६ टोली छन्।