सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा


सिभिल बैंकले शाखा सञ्जालमा विस्तार गर्ने क्रममा ललितपुरको नखिपोटमा शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल बैंकको नखिपोट शाखाको उद्घाटन गर्नुभयो।सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरूका लागि २० थान ब्ल्याङ्केट हस्तान्तरण गरेको बैंकले जनाएको छ।

नखिपोट शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले नखिपोटमा शाखा स्थापनासंँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो। सिभिल बैंकको हालसम्म करिब ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेकोे पनि बैंकले जनाएको छ।