सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता


काठमाडौं, (नेस)
सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच सानिमा बैंकका ग्राहकलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरू रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नहुनेछ।
यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिनासम्मको मासिक किस्ता भुक्तानी गर्न सक्नुहुनेछ। साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस २० विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नुहुनेछ। सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रालिका सेल्स तथा अपरेसन म्यानेजर नारायणप्रसाद भूसालले हस्ताक्षर गर्नुभयो।