कोरोनाको शुरुआत र विकसित घटनाक्रम

0
Shares

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार कोरोना भाइरस अर्थात् विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) औपचारिक नाम दिएको कोभिड–१९ को शुरुआत सन् २०१९ को ३१ डिसेम्बरमा पहलोपटक चीनको हुवेई प्रान्तको उहान शहरमा देखापरेको हो।

सन् २००२ मा देखापरेको अर्को महामारी सार्सकै समूहभित्र यो भाइरस पर्ने वैज्ञानिकहरूको धारणा छ। जनावरमा सामान्य रूपमा हुने ठूलो समूहका भाइरस नै कोरोना भाइरस हुन्। तर, ६ सात प्रकारका भाइरस मात्र खतरनाक मानिन्छन्।

यसको संक्रमणले मानिसलाई सामान्य रुघाखोकीमा जस्तै माथिल्लो श्वासप्रश्वास प्रणालीमा सामान्य कठिनाई महसुस हुन्छ। नाकबाट पानी बग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, कहिलेकाहीँ टाउको पनि दुख्नु तथा कहिले ज्वरो पनि आउनु यसका लक्षणहरू हुन्।

यस्तो अवस्था केही दिनसम्म रहन सक्ने चिकित्सकहरूको भनाइ रहेको छ। उहान नगरपालिका स्वास्थ निकायका अनुसार १२ देखि २९ डिसेम्बरमै यो भाइरस देखापरेको हुन सक्छ। तर, ३१ डिसेम्बरमा यसको संक्रमण भेटिए पनि भाइरसको यकिन किटान हुन सकेको थिएन।

१ जनवरी २०२०: चिनियाँ स्वास्थ्य निकायले हुवानान समुद्री खाना थोक बजार बन्द गर्यो। त्यहँँ बेचिएका वन्यजन्तुका कारण भाइरस फैलिएको आशंकामा यो कदम चालिएको हो।
जनवरी ५: चीनले उहानमा देखापरेको अज्ञात निमोनिया सार्स वा मेर्स नभएको घोषणा गर्यो।
जनवरी ७ः चिनियाँ निकायद्वारा सो भाइरस नोभल कोराना भाइरस भएको पुष्टि भयो। डब्ल्यूएचओले यसको शुरूमा औपचारिक नाम २०१९ – एनकोभ राखियो।
जनवरी ११: उहान स्वास्थ्य निकायले कोरोना भाइरसको कारण गम्भीर निमोनिया हुँदा दुई दिन पहिले एकजना ६१ वर्षीय पुरुषको समद्री खाना बजारमा मृत्यु भएको पुष्टि गर्यो।
जनवरी १३: थाई सरकारी निकायले पहिलोपटक एकजना संक्रमित फेला परेको घोषणा। ती व्यक्ति उहानबाटै आएका चिनियाँ नागरिक भएको पुष्टि।
जनवरी १६ : जापानले उहान भ्रमण गरेका आफ्ना एक नागरिकमा संक्रमण भएको पुष्टि ग¥यो।
जनवरी १७: चीनमा दोस्रो संक्रमितको मृत्यु। अमेरिकाले सान फ्राँन्सस्किो, न्युयोर्क र लस एन्जल्सका विमानस्थलहरूका आशंकित संक्रमितहरूमाथि कडा निगरानी राख्न थाल्यो।
जनवरी २०ः चीनले १ सय ३९ जनामा संक्रमण भएको र तेस्रो बिरामीको मृत्यु भएको जनायो। खी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले कोरोना भाइरसविरुद्ध खोप बनाउने प्रयास भइरहेको जनायो। एनआईएचका सरुवा रोग तथा एलर्जी विभागका निर्देशक डा. एन्थोनी फसीले खोप विकासको पहिलो चरणतर्फ प्रक्रिया अघि बढिरहेको बताए।
जनवरी २१: अमेरिकाको वासिंगटन राज्यले अमेरिकी भूमिमा पहलो संक्रमित भेटिएको जनायो।
जनवरी २२ः उहानले मृतकको संख्या बढेर १७ पुगेको र अस्थायी रूपमा विमानस्थल र रेल्वे स्टेसनहरू बन्द गर्ने घोषणा ग¥यो। चीनभरि कम्तीमा ५ सय ४७ जना संक्रमित भएको दाबी।
जनवरी २३: डब्ल्यूएचओको आयोजनामा बसेको आपत्कालीन बैठकले उहान कोरोना भाइरसले अझैसम्म अन्तर्राष्ट्रिय चिन्ता बढ्ने गरी जनस्वास्थ्यमा संकट निम्त्याइ नसकेको निर्णय ग¥यो। बेइजिङ संस्कृति तथा पर्यटन बोर्डले ठूला स्तरका चान्द्रिक नयाँ वर्षका सम्पूर्ण कार्यक्रम रद्द ग¥यो। आशिंक रूपमा उहानमा आवतजावतमा रोक। नजिकैका हुआँगगाँग र एझोउ हुआँगगाँग शहरमा पनि संक्रमित भेटिए।
जनवरी २६ः चाइना एसोसियसन अफ ट्राभल सर्भिसेजले अन्तर्राष्ट्रियलगायत समपूर्ण भ्रमण कार्यक्रम स्थगन ग¥यो।
जनवरी २८ः चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एधानोमलाई भेटे। भेटघाटको दौरानमा कोरोना भाइरस महामारी फैलिनुबारे अनुसन्धान गर्न अमेरिकी रोक नियन्त्रण तथा रोकथाम केन्द्रका कर्मचारीलगायत अन्तर्राष्ट्रिय विशेषज्ञहरू सम्मिलित टोली चीन पठाउनेबारे सहमति भयो।
जनवरी २९ः कोरोना भाइरस फैलावट रोक्न, सम्बन्धित अनुगमन गरी अमेरिकीहरूको स्वास्थ्य र यात्रा सूचना दुरुस्त राख्न मद्दत पु¥याउन राष्ट्रपति भवन ह्वाइट हाउसले एउटा नयँँ कार्यदलको गठन गर्ने घोषणा।
जनवरी ३०ः अमेरिकाले पहिलोपटक कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने पुष्टि ग¥यो। डब्ल्यूएचओले जनस्वास्थ्यमा संकट ल्याउन सक्ने घोषणा ग¥यो।
जनवरी ३१ः अमेरिकाको डोनाल्ड ट्रम्प सरकारले विगत १४ दिनअघि चीन भ्रमण गरेका कोही पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय ग¥यो।
फेबु्रअरी २ः उहानमा कोरोना भाइरसको कारण फिलिपिन्समा एकजना पुरुषको मृत्यु। चीनबाहिर महामारीका कारण भएको यो पहिलो मृत्युको घटना।
फेबु्रअरी ३ः चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले महामारीको विषयमा बढाइचढाइ गरी यात्रामा रोक लगाई अनावश्यक डर फैलाइरहेको आरोप लगायो।
फेब्रुअरी ४ जापानको स्वास्थ्य मन्त्रालयले याकोहोमा खाडीमा रोकिएको डायमन्ड प्रिन्सेस नामक क्रुज जहामा १० जना भाइरस संक्रमित भएको घोषणा ग¥यो। ३ हजार ७ः सयजनाभन्दा बढी मानिस सवार सो जहाजलाई औपचारिक रूपमा १९ फेब्रुअरीसम्म क्वारेन्टाइनमा राखियो।
फेब्रुअरी ६ः विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले विश्वभरि कोरोना भइसरको रोकथाम र उपचारका लागि १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा ग¥यो। चिनियाँ राष्ट्रपति सी जिनपिङले विलगेट्सलाई पत्र लेखेर उक्त फाउन्डेसनको सहयोग घोषणाका लागि धन्यवाद व्यक्त गरेका थिए।
फेबु्रअरी ७ः डिसेम्बरमा नै सार्सजस्तो भाइरसको खतरा रहेको जनाउ दिने प्रयास गरेका कारण प्रहरीको निगरानीमा परेका ली वेनलियाँग नामक उहानका एकजना डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भयो। उनको मृत्युपछि उहान सरकारले डा. लीसँग माफी माग्यो। साथै, चीनको ट्वीटरजस्तो वेइवोमार्फत अभिव्यक्ति छुट दिइनुपर्ने महसुस गरियो।
फेब्रुअरी ८ ः बेइजिङस्थित अमेरिकी दूतावासले ६० वर्षीय अमेरिकी नागरिकको कोरोना भाइरसकै कारण ६ फेब्रुअरीमा मृत्यु भएको पुष्टि ग¥यो। चीनमा विदेशी नागरिकको मृत्यु भएको त्यो पहलो घटना थियो।
फेब्रुअरी ११ ः डब्ल्यूएचओले कोरोना भाइरसलाई कोभिड–१९ नामाकरण ग¥यो।
फेब्रुअरी १३ ः चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले सांघाइको मेयर यिङ योङको स्थानमा जियाङ चओलियाँगलाई ल्याइने घोषणा ग¥यो। भाइरस नियन्त्रण कार्यमा लापरबाही गरेको आरोपमा उहान कम्युनिस्ट पार्टीका अध्यक्षमा गुओक्विायाङलाई हटाएर त्यस स्थानमा सान्दोङ प्रान्तको जिनान शहरका पार्टी प्रमुख वाङ झोङलिनलाई ल्यायो।
फेब्रुअरी १४ ः भाइरस संक्रमित एक चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु। उनी युरोपमा संक्रमणका कारण मर्ने पहिलो व्यक्ति बने। इजिप्टको स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओले संयुक्त विज्ञप्ति जारी गरी इजिप्टमा पहिलो संक्रमित भेटिएको जानकारी दियो। भाइरसको पहिचान भएयता अफ्रिकामा संक्रमित भेटिएको त्यो पहलो घटना थियो।
फेब्रुअरी १५ ः आधिकारिक कम्युनिस्ट पार्टी जर्नल क्विउसीले सीले कोरोना भाइरसको नियनत्रण र रोकथामका लागि आवश्यक कदम चाल्नुपर्ने भन्दै ७ जनवरीमा दिएको भाषणको ३ फेब्रुअरीमा नै तयार पारिएको प्रतिलिपि सार्वजनिक ग¥यो। यस अर्थमा सीले कोरोना भाइरसबारे पहिलोचोटि सार्वजनिक धारण राख्नु दुईसाताअघि नै उनलाई त्यसबारे जानकारी रहेको बुझिन्छ।
फेब्रुअरी १८ ः सीले बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई टेलिफोन गरी चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रण कार्यमा उल्लेखनीय प्रगति हासिल गरिरहेको बताएको सिन्ह्वाले जनायो।
फेब्रअरी १९ ः स्वास्थ्य परीक्षणबाट कोरोना भाइरस नेगेटिभ देखिएका यात्रुलाई डयमन्ड क्रुज जहाज छाड्ने अनुमति दिइयो। तर, सरुवा रोग विशेषज्ञहरूले अझै तिनीहरूबाट आफ्ना समुदायमा भाइरस फैलाउने सम्भावना बाँकी नै रहेको चेतावनी दिएका थिए।
फेब्रुअरी २५ ः एनआईएचले ओमाहास्थित युनिभर्सिटी अफ नेव्रास्का मेडिकल सेन्टरमा कोरोना भाइरस देखिएका वयस्कहरूमाथि एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रभावकारी र सुरक्षा मूल्यँंकन गर्न क्लििनिकल टेस्ट गरिएको जनायो।
फेब्रुअरी २६ ः सीसीडसीले क्यालिफोर्नियामा कोराना भाइरसका कारण उपचार भइरहेको पहिलो अमेरिकी बिरामीलाई कहाँबाट भाइरस संक्रमण भएको हो खुल्न नसकेको जनायो। उनी कतै भ्रमणमा नगएको तथा कुनै संक्रमितको संसर्गमा पनि नआएको अनुसन्धानबाट खुल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई अमेरिकी सरकारको तर्फबाट कोरोना भाइरस सम्बन्धमा प्रतिक्रिया दिने जिम्मा दिए। चीनको आपत्कालीन सुरक्षा योजना कार्यालयका कोरोना भाइरस महामारीको जिम्मा सम्हालेर बसेका प्रमुख अधिकारीले हान नदीमा हामफालेर आत्महत्या गरे।
मार्च २ ः इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अलि खामेनीका ७१ वर्षीय सल्लाहकार मोहम्मद मिर्मोहम्मादीको संक्रमणबाट मृत्यु।