भगवती तिमल्सिना, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
उहाँको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोण गरिएको थियो। उक्त अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्काद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको उल्लेख छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया खाएपछि क्रमशः सुप, नरम जाउलो खुवाउन थालिएको छ। नेफ्रोलोजिस्ट डा. दिव्या सिंह शाहले सो कुराको पुष्टि गर्दै अब संक्रमण हुन नदिन पूर्ण तयारीमा जुटेको जानकारी दिनुभयो।
निर्देशक डा. खड्काले प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको जनाउँदै उहाँलाई मिर्गौला दान गर्नेमीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उहाँलाई पनि कालो चिया, सुप र नरम खाना दिइएको स्पष्ट पार्नुभयो।











प्रतिक्रिया