नेपाल एसियाकपमा पुगेन

0
Shares

काठमाडौं (नेस)।

नेपालले थाइल्यान्डमा जारी एसीसी इस्टर्न टी २० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेपनि प्रतियोगिताबाट बाहिरिनुपरेको छ। बुधबार नेपालले आयोजक टोली थाइल्यान्डलाई ९ विकेटले हराएर प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। थाइल्यान्ड ६६ रनमा अलआउट भएको थियो। नेपालले पारस खड्काको विकेट गुमाएर ५.३ ओभरमा लक्ष्य पार गरेको थियो।

टोलीको जितमा ओपनर कुशल मल्लले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए। त्यस्तै पवन शरार्फले ३ छक्का र २ चौका हान्दै २७ रनको योगदान दिएका थिए।

तर हिजै अर्को खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल अन्तिम खेल खेल्न अगावै एसिया कप छनोटबाट बाहिरियो। ५ टोली सम्मिलित उक्त प्रतियोगितामा शीर्ष दुई टोली एसियाकपका लागि छनोट हुने प्रावधान रहेको छ।

जसअनुसार सिंगापुर लगातार तीन खेल जित्दै छनोट भयो भने मलेसिया र हङकङबीच खेलको विजेता टोली छनोट हुनेछ। दुबै टोलीको ४/४ अंक रहेको छ। नेपालले भने अन्तिम खेलमा सिंगापुरलाई हराए पनि ४ अंक मात्रै हुनेछ।