पुलिस बन्यो च्याम्पियन

0
Shares

बाँके, (नेस)

नेपालगन्जमा जारी प्रधानमन्त्री कप (पीएम) अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठांै संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

नेपालगन्ज रंगशालामा भएको फाइनलमा पुलिसले एपीएफ क्लबलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गरेर उपाधि जितेको हो। विजेता प्रहरीले २ लाख, एपीएफले १ लाख र तेस्रो हुने नेपाल आर्मीले ५० हजार पाएका छन्।

प्रहरीले यसअघि पहिलो संस्करणमा उपाधि जितेको थियो। एपीएफले दोस्रो र पाँचौं संस्करणमा जितेको थियो। प्रतियोगितामा वेस्ट प्लेयर प्रहरीका उषा भण्डारी भइन्। स्पाइकरमा एपीएफका निरुता ठगुन्ना, ब्लकरमा आर्मीका संगम महतो, सेटरमा प्रहरीका कमला पुन, लिब्रोमा न्यू डायमण्डका सलिना श्रेष्ठ र सर्भरमा प्रहरीका मनिषा चौधरी उत्कृष्ट भए।