भीषण आँधी

0
Shares

न्युयोर्क, (एजेन्सी)

अमेरिकाको टेनेस्सेको मध्यभागबाट शुरू भएको भीषण आँधीबेहरीमा मर्नेको संख्या बढेर २५ पुगेको मंगलबार टेनेससेको राज्यका गभर्नर विलियम लिले बताएका छन्। टेनेस्सेको सबैभन्दा ठूलो शहर नासभिल्लेमा आँधीले थुप्रै घरमा व्यापक क्षति पु¥याएको बताइएको छ।

अमेरिकी सञ्चार माध्यमका अनुसार मध्यराति आएको सो आँधीका कारण सुतिरहेका मानिसहरुलाई आश्रय लिनका लागि समेत समय पुगेको थिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शुक्रबार सो राज्यको स्थलगत भ्रमण गर्ने बताएका छन्। गभर्नर लिले अझै थुप्रै मानिस सम्पर्कविहीन रहेको बताएका छन्।