६९ आरसी बालबालिकालाई स्कुल झोला

0
Shares

नेपाल समाचारपत्र, लमजुङ

वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को समन्वयमा सञ्चालन भइरहेको सामुदायिक संलग्नता र बाल स्पोन्सरसीप परियोजना कार्यक्रमअन्तर्गत वल्र्ड भिजनमा दर्ता भएका आससी बालबालिकालाई झोला वितरण गरिएको छ।

बेंसीशहर नगरपालिका–७ मैगुम गाउँ र गुफाका आरसी बालबालिकालाई छुट्टाछुट्टै ठाउँमा स्कुल झोला वितरण गरिएको हो। गुफा टोलमा रहेका विभिन्न स्कुलमा पढ्ने ४० जना बालबालिका र मैंगुमगाउँका विभिन्न स्कुलमा पढ्ने २९ जना गरी ६९ जना आरसी बालबालिकालाई झोला वितरण गरिएको हो। झोला वितरण कार्यक्रमको अवसरमा उनीहरूलाई स्वास्थ्य र बाल बचाउसम्बन्धी अभिमुखीकरण पनि सञ्चालन गरिएको थियो।

बालबालिकालाई सामान्य ज्वरो आउँदा, चोटपटक लाग्दा, रुघाखोकी आउँदा कसरी बच्ने र कसरी बचाउन सकिन्छ भन्नेबारेमा जानकारी गराइएको थियो। यस कार्यक्रमअन्तर्गत जिल्लाको ४ स्थानीय तह कार्यक्षेत्र रहेको छ। बेंसीशहर, सुन्दरबजार, दोर्दी गाउँपालिका र क्व्होलासोथर गाउँपालिका गरी २ हजार जना आरसी बालबालिका रहेको टिम लिडर नवीन अधिकारीको भनाइ छ।

उक्त परियोजनाको लक्ष्य बालबालिकाको हेरचाह र बुद्धि विकासमा सुघार ल्याउने रहेको छ। हालसम्म १५ सय जनाभन्दा बढी बालबालिकालाई करिब ३ महिनाको अवधिमा वितरण गरिसकेको बताइएको छ। करिब ५ सय जना बालबालिकालाई केही हप्ता दिनभित्र वितरण गरिसक्ने जनाइएको छ।