बालयौन दुराचारी वृद्धलाई २२ वर्ष कैद

0
Shares

लन्डन, (एजेन्सी)

फिलिपिन्सका स–साना बालबालिकामाथि हुने गरेको यौन दुव्र्यवहार अनलाइनमार्फत् हेर्नका लागि पैसा तिर्ने एकजना पुरुषलाई २२ वर्ष लामो कारावास सँजाय भएको छ। बेलायतको क्राउन न्यायालय सेवा(सूपीएस)ले कोलिन डाइक नामक ती ७७ वर्षीय वृद्धले छ महिनासम्मका शिशुलगायतका बालबालिकाको अश्लील तस्वीर हेर्न पैसा तिरेको जनाएको छ।

सीपीएसले उनलाई ‘खतरनाक हत्यारा’ को संज्ञा दिँदै उनले सांगठनिक रूपमा लाचार बालबालिका र तिनीहरुका परिवारलाई उत्पीडन गर्ने गरेको आरोप लागाएको छ। बर्मिंघम क्राउ अदालतले बर्मिंघमको सेल्डन निवासी डाइकले बालयौन अपराध स्वीकारेको जनाएको छ।

तीनजना नातिनातिना भएका उनीमाथि राष्ट्रिय अपराध निकायको बालशोसण र अनलाई संरक्षण केन्द्रले विस्तृत अनुसन्धान गरेको थियो। वेस्ट मिडल्यान्डस प्रहरीले उनको मोबाइलबाट बालबालिकाका ४९ वटा अश्लील तस्वीर र उनले सामाजिक सञ्जालको एकाउन्टबाट बालबालिकासँग यौन संवाद गर्ने गरेको प्रमाणहरु भेटाइएको सीपीएसले जनाएको छ।

बेर्रीफिल्ड रोड निवासी डाइकले छ पटक बालयौन अपराधका लागि, चारपटक बाल यौन सेवाका लागि र चारपटक बालबालिकालाई यौन गतिविधिमा लाग्न उक्साएको स्वीकारेका छन्। उनी सन् २०१४ को जुलाईदेखि सन् २०१८ को मार्चसम्ममा एकपटक बालकलाई यौन कार्य हेर्न बाध्य बनाएको, एकपटक बालबालिकाको अश्लील तस्वीर खिचेको र एकपटक यौन सेवा प्राप्त गर्न एकजना बालकलाई पैसा तिर्न खोजेको अभियोगमा पनि दोषी ठहरिएका छन्।

सीपीएसका अधिकारी एलिसा बार्टीमसले नले फिलिपिन्सका विवश तथा गरिब बालबालिका र तिनका परिवारलाई आफ्नो कुउद्देश्य पूरा गर्न पैसा दिने गरेको पाइएको बताएकी छिन्। उनी पीडितलाई प्रत्यक्ष भेट्न फिलिपिन्ससम्मै पनि जाने गरेको पाइएको छ।